प्रियासनको ‘गीत तिम्रो’मा आयन र रिचाको यस्तो मस्ती (भिडियोसहित)

  पहिलोपेज

 565 पटक हेरिएको

काठमाडौं । नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष, साहित्यकार तथा गीतकार सविन प्रियासनको नयाँ गीत सार्वजनिक भएको छ । प्रियासनको रचनामा रहेको उक्त गीतमा नायक आयन बज्राचार्य र रिचा थापाको मस्ती देख्न सकिन्छ ।

‘गीत तिम्रो’ बोलको उक्त गीतलाई शुक्रवार युट्युबमार्फत सार्वजनिक गरिएको छ । गीतमा विगतमा ‘इतिहास’, ‘कालापानी’ लगायतका चलचित्रहरुमा नायकको भूमिका निर्वाह गरिसकेका आयन बज्राचार्य र रिचा थापाले निकै मस्ती गर्दै भरपुर मनोरञ्जन प्रदान गरेका छन् ।

नेपालकै सुपरिचित गायिका अञ्जु पन्तको सुमधुर स्वर रहेको यो गीतका एरेञ्जर रिकेश गुरुङ हुन् । नविन निरौलाले सम्पादन गरेको म्युजिक भिडियोको छायाङ्कन उत्सव दाहाल र निर्देशन तथा कोरियोग्राफी प्रिन्सपन कार्कीले गरेका छन् ।

भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार