भोलि २२ गते सार्वजनिक बिदा, यस्तो छ गृहमन्त्रालयको सूचना

  पहिलोपेज

 451 पटक हेरिएको

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुको पर्व ‘इद उल फित्र’को अवसरमा सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिने भएको छ ।

मन्त्रिपरिषद्को यसअघिको बैठकले बिहीबार अर्थात २३ जेठमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, मुस्लिम आयोगको सिफारिसमा भोलि जेठ २२ गते नै सार्वजनिक बिदा दिने भएको हो ।

गृह मन्त्रालयले सूचना जारी गरी बिदासम्बन्धी औपचारिक जानकारी गराएको छ । चन्द्रमाको अवलोकनका आधारमा इद मनाइने भएकाले बुधबार नै बिदा दिन सरकारलाई अनुरोध गरिएको मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार