फेरि राउत चुनिए क्रान्तिकारी पत्रकार महासंघको अध्यक्षमा

  पहिलोपेज

 305 पटक हेरिएको

बुटवल, १९ जेठ । क्रान्तिकारी पत्रकार महासंघको दोस्रो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा पुनः इन्द्र राउत चुनिएका छन् । बुटवलमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले उपाध्यक्षमा टेकबहादुर मास्की राना, महासचिवमा रामकुमार श्रेष्ठ, सचिवमा रनसुर महतरा र अनु निरौला र कोषाध्यक्षमा रवि पाण्डेलाई निर्वाचित गरेको छ ।

राष्ट्रिय सम्मेलनबाट चुनिएका सदस्यहरुमा लोकराज जैसी, दामोदर खनाल, मधुकर थापा, गोपाल जीसी, केशव अविरल, शिवशंकर पाण्डे, धनञ्जय अवस्थी, कुमार भट्टराई, राजेन्द्र सुवेदी, सागर श्रेष्ठ, विष्णु आले, दिनेश श्रीवास्तव, प्रेम कँडेल, शोभा जिसीलगायत रहेका छन् ।

नेपाल पत्रकार महासंघ रुपन्देहीको भवनमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले पानसमा बत्ती बालेर सम्मेलनको उदघाटन गरेका थिए । इन्द्र राउतको अध्यक्षता र सचिव रामकुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको सम्मेलनमा महासचिव किरण लगायत क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीस, क्रान्तिकारी माओवादीकै पीवीएम तथा ५ नं. प्रदेशका सचिव प्रेम सुवेदी, महासंघका सल्लाहकार हिरामणि दुःखी, प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय कोषाध्यक्ष श्याम पोखरेल, जनपत्रकार संगठनका केन्द्रीय सदस्य शिव डुम्रेलगायतले सम्मेलनमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सम्मेलनमा अग्रज तथा संगठनका सल्लाहकार हिरामणि दुःखी, संगठनका पूर्व अध्यक्ष कुमार शाह, वरिष्ठ फोटो पत्रकार जय नारायण दाहाल, वरिष्ठ पत्रकार बाबुराम गिरीलाई जनपक्षीय पत्रकारिताको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

सम्मेलनले सल्लाहकार समिति, अनुशासन समिति र लेखा समिति पनि गठन गरेको छ । ५ सदस्यीय सल्लाहकार समितिमा हिरामणि दुःखी, कुमार शाह र नारायण पंगेनी रहेका छन् । अनुशासन समितिमा कुमार शाह, नारायण पंगेनी र सुशीला आचार्य रहेका छन् । त्यस्तै लेखा समितिमा ईश्वरीप्रसाद गैरे, प्रदीप श्रेष्ठ र आयुष न्यौपाने रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार