८ लाख नगद पुरस्कार राशीको गोदावरी राजधानी कप सुरु

  पहिलोपेज

 321 पटक हेरिएको

धनगढी, १८ जेठ । शनिवारदेखि कैलालीको अत्तरियामा गोदावरी राजधानी कप राष्ट्रिय खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । पिएफए अत्तरियाको आयोजनामा खुल्ला फुटबल प्रतियोगिता सुरु भएको हो ।

शनिवार भएको उद्घाटन खेलमा आयोजक पिएफए अत्तरिया विजयी भएको छ । गौरीगंगा– ११ स्पोर्टस क्लब मसुरियलाई १–० ले हराउँदै आयोजक पिएफए सेमिफाइनल प्रवेश गरेको हो । पिएफएको जीतमा एकमात्रै निर्णायक गोल सागर बीसीले गरे । उनले दोस्रो हाफको ६८ औं मिनेटमा गोल गरेका हुन् ।

वनदेवी युवा क्लवको खेल मैदान तेघरीमा सञ्चालन भएको प्रतियोगिता अन्तर्गत आइतबार माउण्ट एभरेष्ट क्लब र फारवेष्ट पशुपति युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । १० टीमको सहभागिता रहेको प्रतियोगिता जेठ २८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले ८ लाख तथा उपविजेताले दुई लाख नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगदसहित पुरस्कार पाउने छन् । उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाइकर, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई १५÷१५ हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ दी म्याच खेलाडीलाई ३ हजार पुरस्कार प्रदान गरिनेछ ।

यसअघि प्रतियोगिताको सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उद्घाटन गरेका थिए । पिएफए अत्तरियाका अध्यक्ष योगेश भट्टको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार