प्रेस स्वतन्त्रताविरोधी पत्रकारलाई महासंघको नेतृत्वमा ल्याउनु हुँदैन : अध्यक्ष आचार्य [भिडियोसहित]

  पहिलोपेज

 364 पटक हेरिएको

काठमाडौं, ११ जेठ । सरकारले संसदमा प्रस्तुत गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा आन्दोलन गर्दे आएको नेपाल पत्रकार महासंघले शनिबार सम्पादकहरुसँग छलफल गरेको छ । शनिबार काठमार्डौमा भएको छलफलका क्रममा महासंघले सम्पादकहरुसँग सुझाव पनि मागेको थियो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको विरोध गर्ने पत्रकारहरुलाई पत्रकार महासंघको आगामी नेतृत्वमा ल्याउन नहुने बताए । प्रेस स्वतन्त्रताकै विरोध गर्नेहरु महासंघको नेतृत्वमा पुगे भने प्रेस र अभिव्यक्ति स्वतन्त्रता धरापमा पर्ने भएकाले त्यस्ता व्यक्तिहरुलाई महासंघको नेतृत्वमा ल्याउन नहुने र पाखा लगाउनुपर्ने बताए ।

अध्यक्ष आचार्यले सरकारले संसदमा प्रस्तुत गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा पत्रकार महासंघले थालेको आन्दोलन सफल हुने धारणा राखे । पत्रकार महासंघले अहिले थालेको आन्दोलन सर्वसम्मतरुपमा अगाडि बढेको र यसमा महासंघ एक ढिक्का रहेको आचार्यले बताए ।

अध्यक्ष आचार्यले महासंघका कुनै पनि जिल्ला समितिहरुले आन्दोलनमा जानु हुँदैन नभनेको भन्दै काठमाडौंमा भन्दा बाहिरी जिल्लाहरुमा बढी पत्रकारको सहभागितामा आन्दोलन भइरहेको जानकारी दिए । मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा महासंघ दोस्रो चरणको आन्दोलनमा छ ।

भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार