दुई परिवारका ९ जनाको यस्तो हृदयविदारक हत्या प्रकरण : झुण्डिएर मर्ने कान्छो ज्वाइँ

  पहिलोपेज

 324 पटक हेरिएको

काठमाडौं, ७ जेठ । पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको छ । त्यतिमात्रै होइन हत्याको घटनास्थलनजिकै झुण्डिएर मर्ने सोही परिवारका कान्छो ज्वाइँ भएको खुलेको छ ।

मिक्लाजुङ गाउँपालिका– ७ आरुबोटेमा भएको उक्त घटनाको केही घण्टापछि सोही गाउँपालिकाको वडा नम्बर ७ मा ती युवकको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो ।

हत्यामा मारिएका ७४ वर्षीय बमबहादुर फियाकका ज्वाइँ स्थानीय मानबहादुर माखिमको शव रुखमा झुण्डिएको अवस्था भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले बताएका छन् । ९ जनाको विभत्स हत्या गरेपछि ज्वाइँ मानबहादुर माखिमले आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

प्रहरीले घटनामा घाइते भएकी बालिकाको बयान र स्थानीयको भनाइको आधारमा हत्यामा माखिमकै संलग्नता रहेको आशंका गरेको छ । प्रहरीका अनुसार हत्यामा उनकै संलग्नता रहेको निष्कर्षमा नपुगेको भएपनि प्राप्त तथ्यहरुलाई विष्लेषण गर्दा उनीतर्फ आशंका गर्नसक्ने प्रशस्त आधारहरु फेला परेको बताइएको छ । प्रहरीले अनुसन्धान थालिसकेको छ ।

प्रहरीका अनुसार मोखिमको ससुराली परिवारसँग राम्रो सम्बन्ध थिएन । श्रीमतीले पछिल्लो समय उनीसँग सम्बन्ध विच्छेद गर्न चाहेको बताइएको छ । घटनामा बाँच्न सफल १२ वर्षीया बालिका सीता खजुमको बयानका आधारमा प्रहरीले तयार पारेको हुलिया पनि मोखिमकै भएको प्रहरीले जनाएको छ ।

हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार