क्रान्तिकारी पत्रकार महासंघको प्रदेश पाँचको नेतृत्वमा पाण्डे

  ईश्वरीप्रसाद गैरे

 429 पटक हेरिएको

दाङ, २८ बैशाख । क्रान्तिकारी पत्रकार महासंघ प्रदेश ५ को भेला दाङको भालुवाङमा सम्पन्न भएको छ । भेलाले रवि पाण्डेको संयोजकत्वमा १५ सदस्यीय सम्मेलन आयोजक कमिटी गरेको छ ।

पाँच नम्बर प्रदेशको भेला आयोजक समितिका सदस्यहरूमा दामोदर खनाल (अर्घाखाँची), टेकबहादुर मास्की राना (रूपन्देही), सुशीला आचार्य (दाङ), केशव अविरल (गुल्मी), ईश्वरीप्रसाद गैरे (दाङ), विमल आचार्य (कपिलवस्तु), आयुष न्यौपाने (बर्दिया), मानबहादुर कुँवर (रूपन्देही), भरत शाही (बाँके), दिनेश श्रीवास्तव (बाँके) लगायतका रहेका छन् ।

उक्त भेला दामोदर खनालको अध्यक्षतामा र रवि पाण्डेको सञ्चालनमा भएको थियो । भेलामा जनपक्षीय पत्रकारिताको पक्षमा निरन्तर कलम चलाएबापत सुनवलका अग्रज पत्रकार प्रेम रिमाललाई सम्मान गरिएको थियो । कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, क्रान्तिकारी पत्रकारका संस्थापक हिरामणि दुःखी, सचिव रामकुमार श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार