आजको राशिफलमा के लेखेको छ तपाईंको भाग्य ?

  पहिलोपेज

 679 पटक हेरिएको

वि.सं. २०७६ साल बैशाख २८ गते । शनिवार । इश्वी सन् २०१९ मे ११ तारिख । नेपाल संवत ११३९ बछलाथ्व । वैशाख शुक्लपक्ष । तिथि– सप्तमी, १९ः१५ बजेउप्रान्त अष्टमी ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । तत्कालको सानो फाइदा हेर्दा पछि पछुतो लाग्न सक्छ । बेसुरमा आश्वासन दिने बानीले पनि समस्या पर्नेछ । काम बिग्रने डरले सताउनेछ । इष्र्या गर्नेहरूले अवरोध पुराउलान् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । साझेदारीमा समस्या आउन सक्छ । मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बा
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । व्यवसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह
अवसर प्राप्त हुनुका साथै भाग्यले साथ दिनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा फाइदा हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । मिहिनेतले पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ । खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्वाकांक्षी योजनामा अघि नबढ्नुहोला । पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला । छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । नयाँ काम प्रारम्भ गर्ने समय छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । तर फजुल खर्च समेत बढ्न सक्छ । खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ । दिगो योजनाका लागि ऋण लिने समय छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पुरुषार्थी काम प्रारम्भ हुनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । भेटघाटले काममा उत्साह बढाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मान–सम्मान प्राप्त होला । मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ । दिगो फाइदा हुने काम प्रारम्भ होला । प्रतिष्ठित कामले धेरैको मन जित्न सकिनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ । बाध्यताले अलमल्याउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि दोहोराएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ । सामुदायिक जिम्मेवारी बहन गर्ने समय छ । चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ । गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुराउनुहोला । नतिजा सच्याउन काम दोहोराउनुपर्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुराउनेछ । छोटो समयमा फाइदा उठाउन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । परिवारजनको साथले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
चुनौती पन्छाएर काम बनाउन सकिनेछ । प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा दिलाउनेछ । स्रोतसाधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ । पुरुषार्थले समाजमा स्थापित बनाउनेछ । ईष्र्या गर्नेहरूलाई मिहिनेतको पाठ सिकाउन सकिने छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुराउनुहोला । समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्ला । पेटको खराबीले स्वास्थ्य कमजोर हुन सक्छ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । प्रयत्न गरेका काम सम्पादन हुनेछन् । अध्ययनको उपलब्धिले बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार