कुवेतमा यस्तो दुःखद खबर, नेपाली महिलाद्वारा छुरी हानेर प्रेमीको हत्या

  राज मल्ल

 888 पटक हेरिएको

कुवेत, १९ बैशाख । कुवेतमा एक नेपाली महिलाले आफ्नै प्रेमीको छुरी प्रहार गरि हत्या गरेकी छन् । लिभिङ टुगेदरमा बसेकी महिलाले बुधबार दिउँसो छुरी प्रहार गरी प्रेमीको हत्या गरेकी हुन् ।

हत्या गरिएका नेपाली तनहुँ जिल्ला निवासी खेमबहादुर बिक रहेको बुझिएको छ । कुवेतको मंगाफमा लिभिङ टुगेदरमा बसेकी धरान घर भएकी भनिएकी माया गुरुङले छाती र ढाडमा धारिलो हतियार प्रहार गरेर हत्या गरी कपडाले छोपेर राखेको प्रत्यक्षदर्शी तथा सामाजिक व्यक्तित्व नवराज पराजुलीले जानकारी दिए ।

घटना मंगाफस्थित ब्लक–४ मा दिउँसो ४ बजे घटेको बताइएको छ । मृतक खेमबहादुर बिक कुवेतमा वैधानिकरुपमा बस्दै आएका थिए भने माया अवैधानिक रुपमा बस्दै आएकी थिइन् ।

मायासँगको मायाप्रेमसँगै लिभिङ टुगेदरमा बसोबास गर्दै आएको यो जोडी खासै खुशी देखिदैनथे । उनीहरु दिनहुँ झगडा गरिरहने नजिकका नेपालीहरुको भनाइ छ । यो जोडीले शुक्रबार र शनिबार मस्म बनाएर बेच्ने गरेकी पूर्णिमा नाम गरेकी एक महिलाले बताइन् । उनीहरु अर्डर अनुसार कोठामै मस्म पुराउनसम्म जाने गरेका थिए । प्रहरीले माया गुरुङलाई घटनास्थलबाटै पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार