आजको राशिफलमा के लेखेको छ तपाईंको भाग्य ?

  पहिलोपेज

 960 पटक हेरिएको

वि.सं. २०७६ बैशाख १८ गते, बुधबार । इश्वी सन् २०१९ मे १ तारिख । नेपाल संवत ११३९ चौलागा । वैशाख कृष्णपक्ष । तिथि– द्वादशी, २५स्४० बजेउप्रान्त त्रयोदशी।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला । थैलीको मुख बलियो नहुँदा धनमाल हराउन सक्छ । काम बिग्रनाले क्षति वा घाटा हुन सक्छ । भैपरी आउने समस्याले खर्च गराउने छ । उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ । पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ । आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानी मनग्य हुनेछ तर फजुल खर्च बढ्नाले अर्थ सञ्चय नहुन सक्छ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान् । आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुनसक्छ । काम गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । तर परिस्थितिवश आँटेका काममा विलम्ब हुनसक्छ । परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला ।

मथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कर्मक्षेत्र सबल रहनेछ भने विभिन्न अवसरले पछ्याउने छन् । दिगो काम प्रारम्भ हुनेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिने छ । उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । मिहिनेतले सफलताको उचाइमा पुराउनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जिम्मेवारी प्राप्त भए पनि तत्काल लाभ नहुन सक्छ । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ला । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला । धेरै फाइदा नभए पनि भाग्यले केही अवसर थमाउने छ । रोकिएका काममा दोहोराएर प्रयत्न गर्नुहोला । धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला । अरूको विश्वास गर्दा धोका हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ । गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुराउनुहोला । नतिजा सच्याउन काम दोहोराउनु पर्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ । मन मिःने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ । कामको चापबाट फुर्सद पाइनेछ । व्यवसायले मनग्य आम्दानी दिलाउने छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछ । अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ । लगनशीलताले विशेष अवसर प्राप्त हुनेछ । नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आँटले काम बन्नेछ र सफलताले हौसला प्रदान गर्नेछ । परिश्रम परे पनि विभिन्न अवसर जुट्नेछन् र लक्ष्य प्राप्त हुनेछ । अरूले भोगचलन गरेका, आफ्नो हकदाबी लाग्ने वस्तु फिर्ता लिन सकिने छ । वादविवाद साम्य हुनेछ भने शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन् । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । न्यायोचित कर्म गर्दै प्रतिष्ठा जोगाउन सफल भइनेछ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काममा केही अलमल हुन सक्छ । अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अप्ठ्यारा परिस्थितिले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान् । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । पढाइलेखाइमा त्यति समय दिन नसकिएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला । पारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ । बेसुरमा काम गर्ने बानीले पनि मेहनत खेर जानेछ । ईष्र्या गर्नेहरूले अवरोध पुराउन सक्छन् । बुद्धिको उपयोगले मात्र काम सम्पादन हुनेछ । महत्वाकांक्षी योजनामा अघि नबढ्नुहोला । पछि लाभ हुने काम प्रारम्भ गर्न सकिने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पुरुषार्थी काम गर्दै लोकप्रियता हासिल गर्ने समय छ । अग्रज तथा सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । व्यापारमा थोरै लगानीबाट पनि नाफा कमाउन सकिने छ । विभिन्न भौतिक साधन जुट्नेछन् र लाभांश प्राप्त हुनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउने छ । सामाजिक दायित्व बढ्नेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आत्मविश्वासको कमीले काममा पछि परिने छ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइने छ । खर्च हुने डरले सताउन सक्छ । वादविवादबाट टाढा रहनुहोला । बलजफ्ती गर्ने बानीले आफैंलाई अप्ठ्यारोमा पार्न सक्छ । ईष्र्या गर्नेहरूबाट सजग रहनुपर्ला । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुराउनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काममा विलम्ब भए पनि पहिलेको सफलताले हौसला जगाउनेछ । रमाइलो परिस्थितिको आनन्द प्राप्त हुनेछ । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ । नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन् । पहिलेका कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ । रमाइलो भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार