आजको राशिफलमा यस्तो लेखिएको छ तपाईंको भाग्य

  पहिलोपेज

 865 पटक हेरिएको

वि.सं. २०७६ बैशाख १६ गते, सोमबार । इश्वी सन् २०१९ अप्रिल २९ तारिख । नेपाल संवत ११३९ चौलागा । बैशाख कृष्णपक्ष । तिथि– दशमी, २१ः५६ बजेउप्रान्त एकादशी ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ होला । साझेदारीबाट पनि फाइदा उठाउन सकिने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बा
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमान दिलाउन सक्छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । महत्वाकांक्षाले लक्ष्यमा पुराउन सक्छ, क्रियाशील रहनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समयको मागअनुसार चल्न नसक्दा व्यवहारमा पछि परिनेछ । सामाजिक कामको जिम्मेवारी बढ्नेछ । सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुराउनुहोला । पहिलेका कमजोरी बाहिर आउनाले काममा समस्या पर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिबन्दले समस्या निम्त्याउन सक्छ । गोपनीयता बाहिरिनाले समस्या पर्नेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । चुनौतीभित्र अवसर खोज्ने समय छ । जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ । गोप्य रहस्य पत्ता लाग्नेछ भने मिहिनेत गर्दा नसोचेको धनलाभ हुनसक्ने सम्भावना छ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुने देखिन्छ । कामको चापबाट फुर्सद पाइनेछ । व्यवसायले मनग्य आम्दानी दिलाउने छ । विभिन्न सहयोग र उपहार हातलागी हुनेछ । परिवारजनको साथले नयाँ आशा जगाउने छ । रमाइलो यात्रा गर्ने साइत जुर्नेछ । अतिथिका रूपमा मानसम्मान प्राप्त होला । टाढिएका साथीभाइसँग भेटघाट हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ । पहिले इष्र्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । पुरुषार्थद्वारा प्रशस्त लाभ उठाउन सकिने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । कामको मेसो नमिल्दा पछि परिनेछ । अरूका लागि बुद्धि खर्चनु पर्ने देखिन्छ । पहिलेका सहयोगीहरू पछि हट्न सक्छन् । स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । समयको गतिलाई पछ्याउन नसक्दा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका पाइनेछ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त बन्नुपर्ला । बिनाकारण आफन्त, साथीभाइ टाढिन सक्छन् । साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला । हडबडीले समस्या निम्त्याउन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । प्रतिस्पर्धीहरू पछि पर्नेछन् । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वचन पुराउन नसक्दा अरूले आलोचना गर्न सक्छन् । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनु पर्नेछ । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ । तर अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । गोपनीयतामा ध्यान पुराउँदै शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ । तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ । मिहिनेतले नाम र दाम दिलाउनेछ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । छरछिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला । आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ला । प्रयत्न गर्दा विदेशयात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । परिवेश खर्चिलो देखिए पनि सत्कार्यमा खर्च गरिनेछ । अरूलाई दिएर आनन्द लिने समय छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार