एनसेलले लुट मच्चाउँदा पनि सरकार मुकदर्शक बनेको नायिका थापाको आरोप

  पहिलोपेज

 263 पटक हेरिएको

काठमाडौं, १५ बैशाख । चर्चित अभिनेत्री रेखा थापाले एनसेलले लुट मच्चाइरहँदा पनि सरकार भने मुकदर्शक बनेको आरोप लगाएकी छन् । राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नायिका थापाले एनसेलबाट अर्बौको पूँजीगत लाभकर असुलीका लागि दबाब दिन युवाहरुलाई विशेष आव्हान समेत गरिन् ।

चलचित्र निर्मात्री, निर्देशक समेत रहेकी अभिनेत्री थापाले एनसेलले लुट मच्याउँदा पनि सरकारले केही गर्न नसकेको उल्लेख गरिन् । उनले अब त्यसविरुद्ध युवाहरु अग्रसर हुनुको विकल्पै नरहेको पनि स्पष्ट पारिन् ।

अभिनेत्री थापाले एनसेलले करिव ४० अर्ब पूँजीगत लाभकर बुझाउन बाँकी रहेको उल्लेख गर्दै कर नतिरेसम्म कार्यालयमा ताला लगाउन पनि सरकारसँग आग्रह गरिन् । एनसेलले पूँजीगत लाभकर असुली नगरेसम्म त्यसविरुद्धको आन्दोलनलाई निरन्तरता दिनुपर्ने अभिनेत्री थापाको भनाइ थियो ।

वरिष्ठ अभिवक्ता डा. सुरेन्द्र भण्डारीले एनसेलको पूँजीगत लाभकर असुली नभएसम्म त्यसको सिम कार्ड बहिष्कार गर्न पनि सबैलाई आव्हान गरेका थिए । भण्डारीले सरकारले एनसेलको पूँजीगत लाभकर असुली गर्ने नदेखिएपछि आफूहरुले असुलीका लागि सर्वसाधारणलाई दबाब दिन यस्तो आव्हान गर्न वाध्य भएको स्पष्ट पारे ।

एनसेलबाट करिव ४० अर्ब पूँजीगत लाभकर असुली गर्न बाँकी छ । तर सरकारले त्यसलाई उठाउन चासो नदिएको नागरिक अगुवाहरुले गुनासो गरिरहेका छन् । उनीहरुले पूँजीगत लाभकर असुली नभएसम्म एनसेललाई कारोबार गर्नबाट बञ्चित गराउन पनि सरकारलाई दबाब दिँदै आएका छन् ।

यसअघि सर्वोच्च अदालतले एक फैसला गर्दै पूँजीगत लाभकर तिर्न एनसेललाई भनेको थियो । एनसेलले भने कर तिर्नुको सट्टा उल्टै सर्वोच्चमा रिट दायर गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार