श्रीलङ्का सरकारद्वारा विष्फोटमा गुप्तर संयन्त्रको असफलता स्वीकार

  पहिलोपेज

 397 पटक हेरिएको

काठमाडौं, १२ बैशाख । श्रीलंका सरकारले आइतबार भएको श्रृंखलाबद्ध विस्फोटको घटनामा गुप्तचर संयन्त्रको असफता स्वीकार गरेको छ ।

आइतबारको दिन ३ वटा चर्च र ४ वटा होटलमा विष्फोट भएको थियो । उक्त विष्फोटमा परी ३५९ जनाको मृत्यु भएको थियो भने ५ सयभन्दा बढी मानिस घाइते भएका थिए ।

विष्फोटको घटनाबारे संसदलाई जानकारी दिँदै सरकारले भारतको खुफिया एजेन्सीले दिएको चेतावनीलाई सही रुपमा नलिएको पाइएको बताएको छ । राष्ट्रपति मैत्रिपाल सिरिसेनाले रक्षासचिव र प्रहरीका आइजीलाई बर्खास्त गर्न आदेश पनि दिएका छन् ।

घटनामा इस्लामिक स्टेटको संलग्नता रहेको नरहेकोबारे सरकारले जाँच गरिरहेको बताइएको छ । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ९ जनामध्ये ८ जना भने श्रीलंकन नागरिक भएको खुलाइएको छ । एक आक्रमणकारी भने श्रीलंका आउनुपूर्व बेलायत र अष्ट्रेलियामा अध्ययन गरेको व्यक्ति भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार