तुलसीपुर उपमहानगरमा १३ विद्यालयलाई स्वीकृति

  पहिलोपेज

 277 पटक हेरिएको

तुलसीपुर, १२ बैशाख । तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिले नयाँ शैक्षिकसत्रका लागि १३ वटा विद्यालयलाई कक्षा थपको स्वीकृत दिने प्रस्ताव गरेको छ । समितिले आव्हान गरेअनुसार यस क्षेत्रका २८ विद्यालयले कक्षा थपका लागि आवेदन दिएका थिए ।

आवेदन प्राप्त भएपछि स्थलगत अध्ययन, पूर्वाधारको अवस्था र विद्यार्थी संख्यालाई आधार मानेर कक्षा थपका लागि कार्यपालिकामा प्रस्ताव गरिएको शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमले जानकारी दिए । शिक्षा प्रमुख गौतमका अनुसार कक्षा थपका लागि प्रस्ताव गरिएका विद्यालयहरुमध्ये ३ वटा सामुदायिक विद्यालयहरु रहेका छन् ।

“धेरै विद्यालयहरुको अवस्था निकै नाजुक भएकाले स्वीकृति प्रदान गर्न सकिएन” शिक्षा समिति संयोजक देवराज विकले भने । शिक्षा समितिको प्रस्ताव कार्यपालिकाले स्वीकृत गरेपछि कार्यान्वयनमा जाने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार