इसेवाको रिफर एण्ड अर्न अफर : सहभागी बन्नेलाई बोनस

  पहिलोपेज

 369 पटक हेरिएको

काठमाडौं, ११ बैशाख । नेपालको पहिलो पेमेन्ट गेटवे इसेवाले आफ्ना ग्राहकहरुको लागि नयाँ अफर शुरु गरेको छ । इसेवाले ल्याएको ‘रिफर एण्ड अर्न’ अफरबाट नगदरहित समाज निर्माणका लागि योगदान पुग्ने इसेवाले विश्वास लिएको छ ।

‘नगदरहित समाज निर्माणका लागि आफू पनि डिजिटल सेवा प्रयोग गरौं र अरुलाई पनि प्रोत्साहन गरौं’ भन्ने अभियान इसेवाले शुरु गरेको हो । यो अभियानमा इसेवाले हरेक व्यक्तिलाई अभियन्ताका रुपमा प्रोत्साहन गर्ने जनाएको छ ।

यो अफरमा इसेवा चलाउन सिकाएबापत प्रतिग्राहक ३० सम्म बोनस प्राप्त गर्न सकिने बताइएको छ । यसमा आफ्ना परिवार, साथीभाइ तथा आफ्नो मोबाइलमा रहेका सम्पर्क नम्बरहरूलाई इसेवा चलाउन सिकाउन सकिने छ ।

इसेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले हरेक नेपालीलाई डिजिटल अभियन्ता बनाउनका लागि रिफर एण्ड अर्न अफर सुरु गरिएको बताएका छन् । डिजिटल नेपाल निर्माणका लागि सबै निकायले जोड दिइरहेका बेला आफूहरुले पनि इसेवामार्फत यो अभियानलाई सार्थक बनाउन ‘रिफर एण्ड अर्न’ अफर सञ्चालन गरेको लामिछानेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार