कतारमा पनि विद्युतीय कारोबार ऐन खारेजीको माग

  उद्धव मगर

 339 पटक हेरिएको

कतार, ६ बैशाख । नेपाल पत्रकार महासंघ कतार शाखाले नेपाल सरकारका नाममा ज्ञापनपत्र बुझाएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हानमा महासंघको कतार शाखाको प्रतिनिधिमण्डलले दोहास्थित नेपाली नियोग प्रमुख प्रोफेसर रमेशप्रसाद कोइरालालाई भेटी ज्ञानपत्रमार्फत विद्युतीय कारोवार ऐनका दफा ४७ र ४८ खारेजीको माग गरिएको हो ।

नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करीम बक्स मियाँको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले राज्यद्वारा विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत देशभरिबाट समाचार लेखेकै भरमा पत्रकारहरुलाई पक्राउ गर्न थालेकोमा विरोध जनाइएको छ । त्यसैगरी पक्राउ परेका पत्रकारहरुको विना शर्त रिहाईको माग पनि ज्ञापनपत्रमा गरिएको छ ।

विद्युतीय कारोबार ऐनका उक्त दफाअन्तर्गत पटकपटक पत्रकारहरुलाई पक्राउ गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उपभोगमा अवरोध खडा गरेको पनि ज्ञापनपत्रमा उल्लेख छ । बुधबार महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ति जारी गर्दै सबै शाखाहरु, पत्रकारहरु र सञ्चारमाध्यमहरुलाई आन्दोलन सफल पार्न आव्हान गरेका थिए ।

नेपाल पत्रकार महासंघ कतार शाखाको तर्फबाट प्रतिनिधि मण्डलमा सचिव दिलकुमार श्रेष्ठ, सल्लाहकार क्रान्ति सिंह र पूर्व उपाध्यक्ष् चिरञ्जीवी तिमिल्सिना सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार