हट डान्सर मेघनाको के हो यस्तो रहस्यमय काम ?

  पहिलोपेज

 970 पटक हेरिएको

काठमाडौं, ३ बैशाख । हट डान्सर मेघना मगरले रहस्यमय काम अगाडि बढाएकी छन् । कलाकार मेघनाले आफ्नो फेसबुक वालमा नयाँ कामको थालनी भन्दै फोटो पोष्ट गरेकी छन् तर काम भने खुलाएकी छैनन् ।

उनको पोष्टमा मेघनाले के काम थालेकी हुन् भन्नेबारे केही पनि खुलाएकी छैनन् । तर उनले पोष्ट गरेको स्टाटस र फोटो हेर्दा भने ‘चलचित्र’ निर्माणको काम भएको अनुमान लगाउन सकिन्छ ।

उनले भनेकी छन्, ‘‘ आजबाट नयाँ कामको सुरुवात । नाम र कथालाई गोप्य राख्दै आजदेखि वर्कशप सुरु नेपाली कथानक चलचित्र (…) तीन अक्षरको नाम पर्छ । फोटोमा निर्देशक लक्षु गौतमसहितका कलाकारहरु देखिएकाले पनि त्यो कुरा प्रष्ट हुन्छ ।

चर्चित नृत्याङ्गनाको रुपमा सफलता प्राप्त गरेकी मेघनाको यो काम भने कस्तो हुने हो ? भविष्यले नै बताउला । जे भए पनि सफलताको शुभकामना ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार