नयाँ वर्षको दिन राशिफलमा के लेखेको छ तपाईंको भाग्यमा ?

  पहिलोपेज

 648 पटक हेरिएको

वि.सं. २०७६ साल बैशाख १ गते । आइतबार । इश्वी सन् २०१९ अप्रिल १४ तारिख । नेपाल संवत ११३९ चौलाथ्व । चैत्र शुक्लपक्ष । तिथि– नवमी, ६ः३१ बजेदेखि दशमी, २८ः०७ बजेउप्रान्त एकादशी ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिने छ । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउनेछ । इष्र्या गर्नेहरूले अवरोध पुराउने छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । मिहिनेतले जटिल ठानिएको काम पनि बन्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । मनको डर उत्साहमा रूपान्तरित हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिने छ । पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन् । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अवसर प्राप्त हुनुका साथै भाग्यले साथ दिनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा फाइदा हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । मिहिनेतले पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउने छ । नयाँ कामको प्रस्ताव आउने छ भने सहयोगीहरू प्रशस्तै भेटिने छन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ । खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्वाकांक्षी योजनामा अघि नबढ्नुहोला । पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला । छरछिमेकमा केही असमझदारी बढ्न सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर फजुल खर्चले केही समस्या पनि आउलान् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ । आँटले काम लिन नसक्दा पछि परिनेछ । अहिलेको फाइदा हेर्दा पछिको फाइदा घट्नेछ । कामको तालमेल नमिल्दा योजना अधुरै रहनेछ । इष्र्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउने छन् । सानातिना काममै अल्झनुपर्दा उद्देश्यबाट विमुख हुनुपर्ने स्थिति आउन सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सहयोगीहरूले राम्रो फाइदा दिलाउने छन् । भाग्यले विभिन्न अवसर जुराउने छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । समुदायको हितमा राम्रै काम गर्न सकिने छ । प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । व्यापार–व्यवसाय बढ्नेछ भने श्रमको राम्रो उपलब्धि हात पार्न सकिने छ । तर मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न भने विलम्ब हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ । गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुराउनुहोला । नतिजा सच्याउन काम दोहोराउनु पर्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुराउनेछ । छोटो समयमा फाइदा उठाउन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । परिवारजनको साथले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
हिम्मतले काम लिँदा चिताएको काम बनाउन सकिनेछ । स्रोतसाधन जुट्नाले नयाँ काम थालनी हुनेछ । केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । वैधानिक प्रावधानले केही अप्ठ्यारो पार्नेछ भने अधिकार सुरक्षा गर्न जुट्नु पर्नेछ । केही चुनौतीहरू देखिनेछन् । सानातिना काममै अल्झनु पर्नेछ भने पहिलेका समस्या दोहोरिन सक्छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुराउनुहोला । समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्ला । पेटको खराबीले स्वास्थ्य कमजोर हुन सक्छ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । प्रयत्न गरेका काम सम्पादन हुनेछन् । अध्ययनको उपलब्धिले बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार