प्रदेशको पहिलो प्रेस रजिष्ट्रारमा रेवती सापकोटा

  पहिलोपेज

 606 पटक हेरिएको

काठमाडौं, २७ चैत । वरिष्ठ पत्रकार रेवती सापकोटा ३ नं. प्रदेशको प्रेस रजिष्ट्रारमा नियुक्त भएका छन् । आज बसेको ३ नं. प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले उनलाई नियुक्त गरेको हो ।

मुलुकमा संघीयता कार्यान्वयन गर्ने क्रममा प्रदेशको रजिष्ट्रारमा नियुक्त हुने उनी नेपालमै पहिलो हुन् । सातवटा प्रदेशमध्ये ३ नं. प्रदेशले पहिलोपटक प्रेस रजिष्ट्रार नियुक्त गरेको हो ।

पत्रकार सापकोटा हाल ‘दि हिमालयन टाइम्स’ दैनिकमा कार्यरत थिए । दुई दशकभन्दा लामो समयदेखि व्यवसायिक पत्रकारिता गर्दै आएका सापकोटाले यसअघि अन्नपूर्ण पोष्ट दैनिक लगायतका पत्रिकाहरुमा काम गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार