बारा र पर्साका हावाहुरी प्रभावितलाई कर्णाली प्रदेशको १ करोड

  पहिलोपेज

 380 पटक हेरिएको

काठमाडौं, २३ चैत । बारा र पर्सामा हावाहुरी प्रभावित जनताका लागि कर्णाली प्रदेश सरकारले १ करोड सहयोग उपलव्ध गराउने भएको छ । आज चैत २३ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीका अनुसार हाल ५० शैयाको कर्णाली प्रदेश अस्पताललाई शिक्षण अभ्याससहितको ३०० शैयाको अस्पतालको रुपमा स्तरोन्नति गर्ने निर्णय पनि कर्णाली प्रदेश सरकारले गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार