अक्षरा जुनियर स्कुल प्रिन्सेसमा २०१९ मा ५० प्रतियोगी छनौट

  पहिलोपेज

 502 पटक हेरिएको

काठमाडौं, २२ चैत । वार्षिक परीक्षापछि एक महिना फुर्सदमा रहने बालिकाहरुको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकासका लागि सिजन मिडियाले ८ वर्षदेखि निरन्तररुपमा आयोजना हुँदै आएको ‘अक्षरा जुनियर स्कुल प्रिन्सेज’ प्रतियोगिताको पहिलो अडिसनमा ५० जना प्रतियोगीहरुलाई छनौट गरिएको छ । प्रतियोगिताको अडिसनमा निर्णायक मण्डलमा मिसेस व्यूटी क्वीन नेपाल २०१९ की विजेता शान्ति लिम्बु, मनिषा विमली, मिस टिन कलेज २०१८ की विजेता आश्मा अधिकारी, मिस इकलेज २०१८ की उपविजेता सोफिया श्रेष्ठ र जुनीयर स्कुल प्रिन्सेज २०१५ की विजेता ग्रिष्मा योन्जन लगायत रहेका थिए ।

प्रतियोगीहरुको प्रशिक्षण २१ चैतबाट सुरु हुने आयोजक संस्था सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी गराएका छन् । उनीहरुलाई तीन सातासम्म व्यक्तित्व विकाससम्बन्धी विभिन्न प्रशिक्षण दिइने छ । बाल उपयोगी प्रशिक्षणसम्बन्धी विज्ञबाट प्रशिक्षण दिइने पनि वन्तले जानकारी गराए । प्रतियोगीहरुलाई चन्द्रागिरी हिल्स, साँगास्थित काठमाडौं फन भ्याली, भक्तपुर दरवारक्षेत्र, छाउनी सँग्रहालय, गोदावरी वनस्पति उद्यान, जाउलाखेल चिडियाखान बालगृह, नेपाली फिल्म, नारायणहिटी दरवार संग्राहालय लगायतको विभिन्न स्थानको भ्रमण गराइने छ । हर्स राइडिङका विभिन्न खेलहरुका साथै विधिन्न प्रतियोगितात्मक कार्यक्रमहरु गरिने छ ।

प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्दैछन् । अक्षरा जुनियर स्कुल प्रिन्सेस– २०१९ को चयन भने २०७६ साल बैशाख ९ गते राष्ट्रिय नाचघर जमलमा भव्य समारोहमाझ हुनेछ । यो प्रतियोगितामा अक्षरा जुनियर स्कुल प्रिन्सेज– २०१९ की वितेजाले मोबाइल ट्याव, साइकल साथै अन्य विभिन्न उपहार प्राप्त गर्नेछन् । यस्तो सहविजेता र उपविजेताले पनि विभिन्न उपहार पाउने छन् । प्रतियोगितामा विभिन्न उपाधि पनि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार