कमलरी विषयवस्तुको ‘लावाजुनी’ले पायो युनिभर्सल प्रमाणपत्र

  पहिलोपेज

 887 पटक हेरिएको

काठमाडौं, २२ चैत । कमलरी विषयवस्तुमा निर्माण भएको चलचित्र ‘लावाजुनी’लाई चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्र दिएको छ । यो चलचित्र सबै उमेर समूहका दर्शकहरुले हेर्न सक्नेछन् ।

सञ्चारकर्मी केएल पीडितको लेखन तथा निर्देशन रहेको चलचित्र लावाजुनीमा कमलरी बस्दा थारुबालिकाहरुले भोग्नुपरेको शोषण, उत्पीडन र हिंसाको चित्रणका गर्नुका साथै उनीहरुको मुक्ति, स्वतन्त्रता र शैक्षिक अधिकारलाई सशक्तढंगमा उठाइएको छ । पहल नेपालको ब्यानरमा निर्मित लावाजुनीको कार्यकारी निर्माता गेहेन्द्र बस्नेत हुन् भने निर्मातामा रिना बस्नेत, सम्झना जीएम, टोपबहादुर जीसी र शारदा बीसी रहेका छन् ।

चलचित्रमा छविलाल कोपिला, ज्वाला खतिवडा, सुशीला चौधरी, वर्षा लम्साल, सुप्रिया देवकोटा, निश्मा वली लगायतका कलाकारहरुको अभियनय रहेको छ । संगीत सन्तोष श्रेष्ठको रहेको छ भने कोमल वली, कुलानन्द गिरी, सतिश राजभण्डारी, स्वीकृति डाँगी, कोमलसरी घर्ती र याङ्शु श्रेष्ठले चलचचित्रमा स्वर दिएका छन् ।

करीब ५० लाखमा निर्माण गरिएको चलचित्र लावाजुनीलाई देश तथा विदेशमा च्यारिटी शो गरी हलहरुमा रिलिज गरिने कार्यकारी निर्माता बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार