सरकारी जागिर खोज्नेका लागि यस्तो खुशीको खबर, ५२ जनाका लागि आवेदन माग

  पहिलोपेज

 547 पटक हेरिएको

काठमाडौं, २२ चैत । सरकारी जागिर खाने हो ? त्यो पनि अनुसन्धान विभागमा । यदि राष्ट्रिय अनुसन्धान विभागमा जागिर खाएर देशको सेवा गर्ने सोच बनाएको भए खुसीको खबर छ । विभागले कूल ५२ जनालाई रोजगारी दिने भएको छ ।

विभागले शुक्रबार एक सूचनामार्फत अनुसन्धान अधिकृत ३० जना र अनुसन्धान सहायकमा २२ जनाको दरखास्त आव्हान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको विभागमा अनुसन्धान अधिकृत र अनुसन्धान सहायकमा दरखास्त आव्हान गरेको हो ।

विभागले अनुसन्धान अधिकृतको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातक वा सोसरहको उपाधि प्राप्त गरेको हुनुपर्ने र २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको योग्यता तोकेको छ । महिलाका लागि भने ३० वर्ष नकटेको हुनुपर्ने छ ।

जम्मा २२ जना माग गरिएको अनुसन्धान सहायकका लागि प्रमाणपत्र तह उत्तीर्ण भएको हुनुपर्ने छ । उमेर पुरुषको लागि १८ वर्ष पूरा भई २५ ननाघेको र महिलाको लागि १८ पूरा भई ३० ननाघेको हुनुपर्ने छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजको मितिले ३० दिनभित्र दरखास्त दिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार