कुवेत, २२ चैत । नेपालका विभिन्न संस्थाहरुमा फुट हुने कुरा त सबैले थाहा पाएकै हो । कुवेतमा रहेका नेपालीहरुको बीचमा पनि फुट्ने रोग फैलिएको छ । त्यहाँस्थित त्रिएक नेपाली स्वतन्त्र चर्चमा विभाजन भएको छ ।
उक्त चर्चका एल्डर समेत रहेका तुलबहादुर गुरुङको गुटका कारण विभाजन भएको त्रिएक नेपाली स्वतन्त्र चर्चले जानकारी दिएको छ ।
गत मार्च २९ शुक्रवारको साप्ताहिक संगतिमा गुरुङसहित १३ जनाले चर्चको आगामी संगतिमा भाग नलिने बताएका थिए । उक्त समूहले त्रिएक नेपाली स्वतन्त्र चर्चको आधिकारिक फेसबुक कब्जा गरेर नयाँ नाम ‘न्यू भिजन नेपाली मण्डली कुवेत’ राखेको छ ।
त्रिएक नेपाली स्वतन्त्र चर्च कुबेतले १३ जनाको समूहले मण्डलीभित्र गुट चलाएको भन्दै विज्ञप्ति समेत सार्वजानिक गरेको छ । त्रिएक नेपाली स्वतन्त्र चर्च यथावत रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।