जनकपुरमा बुद्ध एयरले साउन १६ गतेदेखि तीन उडान भर्ने

  निरंजन साह

 756 पटक हेरिएको

जनकपुरधाम, २१ चैत । बुद्ध एयरले अबदेखि जनकपुर–काठमाडौं दैनिक तीन उडान भर्ने भएको छ ।

निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले यात्रुहरुलाई लक्षित गर्दै ७२ सिट भएको विमान आगामी २०७६ साउन १६ गतेदेखि दैनिक तीनपटक जनकपुर–काठमाडौं उडान भर्न थालेको बुद्ध एयर जनकपुरका प्रवन्धक विजयकुमार सिंहले जानकारी दिए ।

यो उडान हाल प्रयोग भइरहेको एटिआर– ७२ विमानबाटै हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुर पुग्न २५ मिनेट लाग्ने गरेको छ । यसअघि बुद्धले दैनिक दुई उडान भर्दै आएको छ । बुद्धले यात्रुलाई विशेष जोड दिने तयारी रहेको जनाएको छ ।

बुद्ध एयरले हाल आन्तरिकतर्फ भद्रपुर, विराटनगर, तुम्लिङटार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङटार र पोखरा–भैरहवा उडान भर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार