‘गुणस्तरीय सेवाकालागि एकीकरण अनिवार्य’

  नारायण भण्डारी

 338 पटक हेरिएको

घाेराही ।
सदस्यहरुलाई गुणस्तरीय सेवा दिन सहकारी संस्थाहरु एकीकरण हुनैपर्नेमा एक कार्यक्रममा बक्ताहरुले जोड दिएका छन् । विहिबार घोराहीमा भएको सहकारी तथा गरिवी निवारण सुचना प्रणाली (कोपोमिस) र सहकारी संघ संस्था एकीकरण सम्वन्धी अभिमुखिकरण कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।

बक्ताहरुले स–साना टुक्रे सहकारीका माध्यमबाट समृद्धि सम्भव नहुने भन्दै एकीकरण मार्फत विशाल सहकारी संस्था निमार्ण गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष गोविन्द प्रसाद शर्माले सदस्यको आवश्यकता पूरा हुने गरी सेवा प्रदान गर्न एकीकरण अनिवार्य भएको बताए ।

उनले सहकारी संघरसंस्थाहरुलाई दिगो बनाउन सहकारी तथा गरिवी निवारण सुचना प्रणालीको व्यवस्थापन र सहकारीको एकीकरणलाई अभियान कै रुपमा सञ्चालन गर्नुपर्ने बताए । सहकारी संस्थाहरु संख्यामा बढि भएपनि गुणस्तरीय सेवामा कमजोर भएको भन्दै अव जिल्लामा सहकारीको एकीकरण गरिने बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका नायव महा प्रवन्धक बावुल खनालले फजुल सञ्चालन खर्च कम गर्न, दोहोरो सदस्यता अन्त्य गर्न, आवश्यक भन्दा बढि संस्था हुन नदिन, सांगठनिक तथा व्यवसायीक क्षमता बृद्धि गर्न सहकारी एकीकरण अनिवार्य भएको बताए । यस्तै सफटेकका कार्यकारी निर्देशक राजन दाहालले सहकारीको नियमन तथा व्यवस्थापन गर्न कोपोमिस सफेटवयेर विकास गरिएको बताए । यस्तै जि.आइ.जेड.का रामचन्द्र लामिछाने दाङ सहित ६ वटा जिल्लामा यो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

सहकारी तथा गरिवी निवारण सुचना प्रणाली (कोपोमिस) मार्फत देशभरका सहकारीको अवस्था नियामक निकायले कार्यालयमै बसेर जानकारी पाउने तथा सहकारी संस्थाहरुलाई पनि सरकारी कार्यालय धाउनुपर्ने झन्जटको अन्त्य हुने हादालले बताए । राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजना, जिल्ला सहकारी संघको समन्वय र जि.आइ.जेड. को सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला संघ बिषयगत संघका पदाधीकारीहरु गरी तीस जना सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार