हावाहुरी प्रभावित क्षेत्रमा कामाख्या परिवारको १० लाख बराबरको राहत सामग्री

  पहिलोपेज

 1021 पटक हेरिएको

जनकपुरधाम, १९ चैत । कामाख्या परिवार नेपालले प्रदेश नम्बर दुईका बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा राहत सामग्री लिएर जनकपुरबाट मंगलबार प्रस्थान गरेको छ ।

हावाहुरीबाट भएको धनजनको क्षतिबारे जानकारी लिन बारा पुगेको कामाख्या परिवार नेपालले मंगलबार घटनास्थल पुगेर वितरण गर्न ३ सय कार्टुन पानी, ८० कार्टुन चाउचाउ, १५ क्वीन्टल च्यूरा, ५ क्वीन्टल चिनी, ५ बोरा दालमोट, ४० काटुन फ्रुटी, ५ हजार थान बच्चादेखि बुढाबुढीसम्मलाई हुने लुगाफाटा, औषधि लिएर मंगलबार बिहान जनकपुरबाट प्रस्थान गरेको छ ।

कामाख्या परिवारले आफ्नो ५० जनाको टोली लिएर गएको कामाख्या परिवार नेपालका अध्यक्ष बाबा विभास लाभले जानकारी दिए । टोलीमा डाक्टर ४ जना, स्टाप नर्स १० जना रहेका छन् । अध्यक्षका अनुसार करिब १० लाख बराबरको सरसमान रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार