दाङमा प्रारम्भिक कक्षा पढाई कार्यक्रमको पुस्तक वितरण शुरु

  पहिलोपेज

 493 पटक हेरिएको

दाङ, १५ बैशाख । दाङ जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमको लागि शैक्षिक सामग्री वितरण शुरु गरिएको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम दाङका जिल्ला संयोजक हल्लुप्रसाद चौधरीका अनुसार जिल्लाका ४ सय २१ सामुदायिक विद्यालयहरुमा शैक्षिक सामग्री वितरण गरिने छ ।

माध्यमिक विद्यालय कालाकाटेमा गत बुधवार एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामग्री वितरण कार्यक्रमको शुरुवात गरिएको हो । विद्यालयका शिक्षक …को अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ दाङका देवमणि चौधरीले अहिले सरकारी विद्यालयहरु चुनौती र सम्भावनाको बीचमा उभिएको चर्चा गर्दै शैक्षिक गुणस्तरमा विकास गर्न शिक्षासँग सम्बन्धित सबै पक्ष लाग्नुपर्ने आवश्यकता औंल्याए । उनले समा प्रिन्टर्स प्रालिद्वारा शैक्षिकसत्र शुरु नहुँदै जिल्लाका सबै विद्यालयहरुमा शैक्षिक सामग्री पुराइसक्ने योजनाका साथ काम भइरहेको बताउँदै यी शैक्षिक सामग्रीहरुको अधिकतम सदुपयोग गर्न आग्रह गरेका थिए ।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम दाङका संयोजक हल्लुप्रसाद चौधरीले दाङमा तेस्रो वर्षमा शैक्षिक सामग्री वितरण हुन थालेको बताउँदै यस वर्ष शैक्षिकसत्र शुरु हुनुअगावै वितरण हुन थालेको बताए । उनले शैक्षिक गुणस्तरलाई सुधार गर्न शिक्षक तथा अभिभावकहरु गम्भीर भएर लाग्नुपर्ने बताए ।

दाङ जिल्लामा जम्मा ४ सय २१ सामुदायिक विद्यालय छन् । यी सबै विद्यालयहरुमा कक्षा १ देखि कक्षा ३ सम्म अध्ययन गर्ने विद्यार्थीहरुका लागि ९० मिनेटको कोर्स बनाइएको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लागू भएका नेपालका १६ जिल्लामा निःशुल्क शैक्षिक सामग्री वितरण हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार