दोस्रो राष्ट्रिय कविता प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार

  पहिलोपेज

 490 पटक हेरिएको

काठमाडौं, १५ चैत । रोल्पा नगरपालिकाको आयोजनामा आगामी बैशाखमा दोस्रो राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ । बैशाखको १५, १६ र १७ गते रोल्पाको लिबाङमा हुने ‘रोल्पा गुराँस साहित्य मेला– २०७६’ मा राष्ट्रिय कविता प्रतियोगिता पनि हुने भएको हो ।

राष्ट्रिय कविता प्रतियोगितामा प्रथम हुनेले ४० हजार नगद, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । त्यसैगरी द्वितीय र तृतीयले क्रमशः ३० र २० हजार नगद तथा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्ने कविलाई १० हजारका साथमा प्रमाणपत्र तथा मेडल प्रदान गरिने बताइएको छ ।

विभिन्न सेसनमा ३ दिनसम्म सञ्चालन हुने उक्त साहित्य सम्मेलनका लागि अहिले भव्य तयारी अघि बढाइएको छ । राष्ट्रिय कविता प्रतियोगितामा देशभरका सर्जकहरुले प्रतिष्पर्धा गर्नसक्ने छन् । प्रतियोगी कविहरुले आफ्नो कविता आगामी बैशाखको ५ गतेभित्र पठाउनुपर्ने आयोजकले जनाएको छ । कवितासँगै सर्जकले आफ्नो नाम, ठेगाना, इमेल र फोन नम्बर अनिवार्य उपलब्ध गराउनु पर्ने छ ।

प्राप्त भएका कवितामध्येबाट उत्कृष्ट १० मा परेका कविलाई मात्रै अन्तिम प्रतियोगितामा सामेल गराइने आयोजक पक्षले जनाएको छ । गत वर्ष रोल्पाको लिबाङमा पहिलो राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा भाग लिन चाहने कविहरुले आफ्नो कविता कभलमmभउयmभ२नmबष्।िअयm मा इमेल गर्नु पर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार