चलचित्र ‘कालो बर्ष’को ‘यस्तो साथी’ बोलको गीत सार्वजनिक

  पहिलोपेज

 417 पटक हेरिएको

काठमाडौं, १४ चैत । चलचित्र कालो वर्षको पहिलो गीत सार्वजनिक भएको छ । वैशाख १३ गते प्रदर्शनमा आउन लागेको चलचित्रको गीत वुधबार सार्वजनिक भएको हो ।

चलचित्रको निर्माण पक्षले ‘यस्तो साथी’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा अन्जु पन्त र विशाल निरौलाले स्वर दिएका छन् । गीतको शब्द रचना खेम सारु मगरले गरेका हुन् भने संगीत पनि मगरकै रहेको छ । चलचित्रमा समावेश गीत प्रेममय रहेको छ । यसअघि निर्माण पक्षले चलचित्रको पहिलो पोष्टर गत ७ गते सार्वजनिक गरेको थियो ।

चलचित्रको मुख्य भूमिकामा ओकेस पनेरु, अनुपा खड्का, पवन भट्टराई, सुरेन्द्र बुढा, रश्मी शाह, रविन भुजेल रहेका छन् । योगीराम फिल्मस्को प्रस्तुति रहेको यस चलचित्रमा योगेन्द्रप्रसाद पनेरु, राम खड्का र श्याम खड्काको सयुक्त लगानी रहेको छ ।

सुवास देवकोटाको सम्पादन रहेको यस चलचित्रलाई रिच इन्टरटेनमेन्ट ‘करन श्रेष्ठ’ ले चलचित्र वितरकको जिम्मा लिएका छन् । लक्षु गौतमको निर्देशन रहेको ‘कालो बर्ष’ आगामी बैशाख १३ गतेबाट देशभरिका चलचित्र घरहरुमा एकसाथ प्रदर्शन हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार