फोटोपत्रकारलाई १५ विधामा पुरस्कृत गर्ने फोटो पत्रकार समूहको घोषणा

  पहिलोपेज

 290 पटक हेरिएको

काठमाडौं, १३ चैत । राष्ट्रिय फोटो पत्रकार समूहले आफ्नो स्थापनाको २२औं वर्षगाँठको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । वार्षिकोत्सवका क्रममा समूहलेवैशाख १३ गते काठमाडौंमा विशेष समारोह गर्ने भएको छ ।

समूहले नयाँ युवाफोटोपत्रकारलाई १५ विधामा सम्मान गर्ने जानकारी गराएको हो । समारोहमा अग्रज फोटो पत्रकारहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको समूहले जनाएको छ । अवार्डको नाम ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५’ राखिएको बुधबार काठमाडौं आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

समूहले लाइफ टाइम एचिभमेन्ट अवार्डका लागि रु. ५० हजार प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरी दैनिक गतिविधिका फोटो खिच्ने पत्रकारका लागि दैनिक जीवन फोटोपत्रकारिता पुरस्कार, उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार, महिला फोटो पत्रकारिता पुरस्कारको पनि घोषणा गरिएको छ ।

सम्मानका अन्य विधाहरुमा पर्यटन तथा संस्कृति फोटो पत्रकारिता पुरस्कार, आर्थिक फोटो पत्रकारिता पुरस्कार, राजनीतिक फोटो पत्रकारिता पुरस्कार, मनोरञ्जन फोटो पत्रकारिता पुरस्कार रहेका छन् । त्यस्तै सातवटै प्रदेशबाट एक÷एक जना उत्कृष्ट फोटो पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको समूहले जनाएको छ ।

पूराना फोटो पत्रकार हरिगोपाल प्रधानको नाममा स्थापित सम्मानलाई यस वर्ष वैशाख १३ गते विशेष अवार्ड समारोहमा वितरण गरिने आयोजकले जनाएको छ । समूहले अवार्डमा सहभागिताका लागि सम्मानका लागि ७ बुँदे नियम समेत सार्वजनिक गरेको छ ।

विभिन्न छापा तथा अनलाइन माध्यममा कार्यरत फोटो सम्पादकहरुमध्येबाट एकजना वरिष्ठ फोटो पत्रकारमध्येबाट एकजना, एनएफपीजेका अध्यक्ष र कार्यक्रम संयोजक लगायतका बढीमा ५ जनाको छनौट समितिले पुरस्कारबारे अन्तिम निर्णय लिने समूहका महासचिव प्रदीपराज वन्तले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार