भोलि धनुषामा नेपाली कांग्रेसको विशाल आमसभा हुने

  निरंजन साह

 221 पटक हेरिएको

जनकपुरधाम, १२ चैत । नेपाली कांग्रेस धनुषाले भोलि चैत्र १३ गते धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर १ बलाबाखरमा विशाल आमसभाको आयोजना गर्ने भएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी हुने आमसभाको तयारी तीव्ररुपमा भइरहेको नेपाली कांग्रेस धनुषा सभापति महेशशंकर गिरीले बताए ।

आमसभामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य रामकृष्ण यादव, महेन्द्र यादव, आनन्द ढुंगाना लगायतका नेताहरु सहभागी हुनेछन् ।

आमसभामा २० हजारभन्दा बढीको सहभागिता रहने नेपाली कांग्रेस धनुषा सचिव विशेश्वर यादवले जानकारी दिए । कम्युनिष्ट सरकार शक्ति केन्द्रीकरण गर्नतर्फ लागेकाले लोकतन्त्र खतरामा परेको र सरकार बहुमतको आडमा शक्ति केन्द्रीकरण गर्न अग्रसर भएकाले विरोधमा आमसभा आयोजना गरिएको सभापति महेशशंकर गिरीले बताए ।

सोही दिन शहिदनगर वडा नम्बर १ बलाबाखरस्थित शहिद रामसेवक यादव (खलिफा)को शालिक अनावरण समेत गरिने कांग्रेसले जनाएको छ । यादवको माओवादी जनयुद्धकालमा २०५८ साल चैत १६ गते होली पर्वको दिन राति गोली हानी हत्या भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार