राना थारु समुदायको पहिरनमा मन्त्री बिना मगर सजिएपछि…

  पहिलोपेज

 492 पटक हेरिएको

कञ्चनपुर, १२ चैत । कन्चनपुरको लालझाडी गाउँपालिकाले आयोजना गरेको राना थारूहरुको होली मिलन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएकी खानेपानी मन्त्री बिना मगरले लगाउनु भएको पहिरन देख्दा धेरै जना छक्क परे ।

खानेपानी मन्त्रीको यो पहिरनमा राना थारुहरुको संस्कृति र पहिचान झल्किएको देखिन्थ्यो । अल्पसंख्यक राना थारू समुदायको कला, संस्कृति र भेषभुषाको जगेर्ना गर्न आफुले पहिरन लगाएको स्पष्ट पार्नु भयो । देशभर रहेका यस्ता थुप्रै अल्पसंख्यक जातजातिको कला, संस्कृति र पहिचानको संरक्षण गर्नु राज्यको दायित्व भएको उनको भनाइ थियोे ।

कार्यक्रम होली मिलन समारोहमा सहभागी भएपछि खानेपानी मन्त्री मगरले राना थारु होमस्टे र उद्यान (गार्डेन)को शिलान्यास समेत गरेकी थिइन् । कला संस्कृतिको मात्रै जगेर्ना नभई होमस्टेबाट स्थानीय समुदायको आयआर्जन पनि बृद्धि हुने मन्त्री मगरको भनाइ थियो ।

खानेपानी मन्त्री मगरले कन्चनपुर जिल्लाको हरेक क्षेत्रको विकास निर्माणमा आफू लागिरहेको बताएकी थिइन् । बाटोघाटो, पुल पुलेसादेखि खानेपानी लगायत पूर्वाधार संरचनाको हरेक क्षेत्रमा आफ्नो ध्यान केन्द्रित रहेकोे उनले स्पष्ट पारिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार