हल्का फेशन गर्ने प्रमिलाले कसलाई भनिन्, ओ झिल्के (भिडियोसहित)

  पहिलोपेज

 413 पटक हेरिएको

काठमाडौं, ९ चैत । गायिका तथा मोडल प्रमिला तामाङले आफ्नो गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । ‘लाहुरेकी छोरी’ शीर्षकको गीतको म्युजिक भिडियो लोकप्रिय बन्दै गएको छ ।

हल्का फेसन गरी हिँड्छु
लाहुरेकी छोरी नठान
फसाउँछु भन्ने दाउँले
भो मलाई साइड न हान
ओ झिल्के ओ झिल्के

true love बहाना
अर्कै होला तिम्रो चाहना
हाँस्दैमा बोल्दैमा पट्टियो
मलाई नठान
ओ झिल्के ओ झिल्के


गायिका प्रमिला तामाङको स्वरमा सजिएको ‘लाहुरेकी छोरी’का गीतकार टीकाभक्त जिरेल रहेका छन् । नारायण लामाको संगीत रहेको यो गीतको म्युजिक भिडियोमा गायिका प्रमिला र दिक्पाल कार्कीले मुख्य भूमिका निर्वाह गरेका छन् ।

क्यामरा ज्ञानेन्द्र शर्माले चलाएको यो गीतको म्युजिक भिडियोको निर्देशन क्रान्ति केसीले गरेका छन् । सम्पादन पनि क्रान्ति केसीले नै गरेका छन् । यो गीत म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको यो म्युजिक भिडियो झण्डै ११ लाखले हेरिसकेका छन् ।

गीतको म्युजिक भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार