कर्णाली प्रदेशका मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा शर्मा, अरु को को ? (नामावलीसहित)

  पहिलोपेज

 962 पटक हेरिएको

काठमाडौं, ९ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजनीतिक सल्लाहकारमा सल्यानका भीमप्रकाश शर्मा मनोनीत भएका छन् । आज बसेको मन्त्रीपरिषद् बैठकले उनलाई मनोनीत गरेको प्रदेश सरकारका प्रवक्ता विमला केसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा कालीकोटका जनकनाथ योगी र प्रशासनिक सल्लाहकारमा दैलेखका रत्न गाहामगरलाई मनोनयन गरिएको छ । मन्त्रीपरिषद्को बैठकले कर्णाली प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी प्रादेशिक जडिबुटी तथा शीत भण्डार निर्माण कार्यलाई राष्ट्रिय प्राथमिकताको आयोजनामा समावेश गर्न संघीय सरकारलाई अनुरोध गरिएको छ । त्यस्तै, उक्त कार्यक्रम कार्यान्वयन गर्न जागृति सामुदायिक वन उपभोक्ता समूह भेरीगंगा नगरपालिका वडा नं १०, मदानेचौर सुर्खेतको ६ हेक्टर वन क्षेत्र भोगाधिकार प्रदान गर्न दिने स्वीकृतिको लागि पनि संघीय सरकारसँग अनुरोध गर्ने निर्णय मन्त्रीपरिषद्को बैठकले गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार