राप्रपाको केन्द्रीय सदस्यमा को को भए मनोनीत ? (नामावलीसहित)

  पहिलोपेज

 936 पटक हेरिएको

काठमाडौं, ८ चैत । राप्रपाका अध्यक्ष कमल थापाले पार्टीको विधानबमोजिम आज केन्द्रीय सदस्य पदमा मनोनयन गरेका छन् । राप्रपा केन्द्रीय प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार केन्द्रीय सदस्यमा १८ जना र आमन्त्रित केन्द्रीय सदस्यमा १४ जनालाई मनोनयन गरिएको छ ।

राप्रपाका अध्यक्ष कमल थापाले मनोनयन गरेका केन्द्रीय सदस्यहरुमा नीलकण्ठ काफ्ले (नवलपरासी), प्रदीप उदय (रुपन्देही), सुरेन्द्र केसी (भक्तपुर), सरोज शर्मा (नवलपरासी), दीपककुमार राई (नुवाकोट), ताहिर अलि (रुपन्देही), मीना स्वर्णकार (दाङ), सलाउद्धिन जसगढ (बाँके) र रमेश अर्याल (बाँके) रहेका छन् । त्यसैगरी मनोनीत अन्य केन्द्रीय सदस्यहरुमा दिलीपबहादुर बस्नेत (काठमाडौं), शोभा शाही (जाजरकोट), खेमराज गौतम (बाँके), ललिता मण्डल (सप्तरी), गंगाराम कलवार (रुपन्देही), युवराज घिमिरे (गुल्मी), श्याम लामा (धादिङ), सुरज न्यौपाने (चितवन) र कौशल आचार्य (दाङ) रहेका छन् ।

आजै मनोनीत आमन्त्रित केन्द्रीय सदस्यहरुमा नगिना यादव (पर्सा), मधु रिसाल (नुवाकोट), राधेश्याम साह (रौतहट), सीता बस्याल (नवलपुर), पूर्णबहादुर विक (रुपन्देही), कोमल विक (दाङ), नरेन्द्रप्रसाद फुयाल (नुवाकोट), सीता खड्का थापा (कास्की) र देवनन्दन गोइत (धनुषा) रहेका छन् । अन्य आमन्त्रित केन्द्रीय सदस्यहरुमा प्रवलशम्शेर जबरा (काठमाडौं), रामबहादुर श्रेष्ठ (नवलपुर), माया शाह (दाङ), मेनुका खाण केसी (गुल्मी) र सम्झना अधिकारी (काठमाडौ) रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार