लगानी सम्मेलनमा जुट्न प्रधानमन्त्री ओलीको यस्तो निर्देशन

  पहिलोपेज

 250 पटक हेरिएको

काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ र १६ गते हुने लगानी सम्मेलनको तयारीमा जुट्न सरोकारवालालाई निर्देशन दिएका छन् ।

आज बसेको उद्योग वाणिज्य प्रवद्र्धन परिषदको दोस्रो बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले विदेशबाट आउने अतिथिहरुलाई व्यवस्थित बास, सुरक्षा र अन्य प्रबन्ध मिलाउन निर्देशन दिएका छन् । परिषदका तर्फबाट सुरज बैद्यले सम्मेलनको तयारीको बारेमा बैठकलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले केही तत्वहरुले देशमा अस्थिरता मच्चाउन प्रयास गरेको भए पनि सरकारले त्यसलाई नियन्त्रण गर्ने बताए । “गणतन्त्र आएको छ, संघीयता आएको छ, आवधिक चुनाव भएको छ” प्रधानमन्त्री ओलीले भने, “अब के चाहिएको हो ? चन्दा संकलन र लुटपाट गर्न छोडिदिनु पर्ने ? त्यस्तो हुँदैन । सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न कानुन अनुसार अघि बढ्छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार