अध्यक्षलाई ‘आतंककारी’ भनेर उजुरी गरेपछि यसरी खनिए सूर्य थापा

  पहिलोपेज

 2200 पटक हेरिएको

काठमाडौं, ५ चैत । आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘आतंककारी’ भन्दै उजुरी गरिएको समाचार आएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सूर्य थापा उजुरीकर्ता तिलक श्रेष्ठविरुद्ध खनिएका छन् । केन्द्रीय सदस्य थापाले श्रेष्ठलाई ‘भूतपूर्व नेपाली’को संज्ञा दिँदै नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठाविपरीत क्रियाकलाप गर्ने श्रेष्ठमाथि छानविन गरी आवश्यक दण्डको व्यवस्था गर्न माग गरेका छन् ।

‘‘नेपालको शान्ति प्रक्रिया अमेरिकासहित विश्वको समर्थन र सद्भावमा सफलताका साथ आजको अवस्थासम्म आएको संसारलाई अवगत नै छ’’, केन्द्रीय सदस्य थापाले भनेका छन्, ‘‘पार्टी अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘आतंककारी’ भनी उजुरी गरेका व्यक्ति भूतपूर्व नेपाली तिलक श्रेष्ठ (Parcial Head Damaged -PHD) रहेको तथ्य स्पष्ट छ । यस्ता परपीडक मान्छे, जसले नेपालका पूर्व प्रधानमन्त्रीको पारिवारिक पीडामा अझ नुनचुक थप्न खोजे । यो अत्यन्त रद्दी र घिनलाग्दो तरिका मात्र हो ।’’

संविधान, कानुन र विधिको शासनका पक्षमा विद्रोहलाई शान्तिपूर्ण अवतरण गराउने नेतृत्वको यो हदसम्म अपमान नेपालीका नामबाट गरिनु खेदजनक रहेको थापाले बताएका छन् । मानवीय समवेदनामा यसखाले खेलवाड गर्ने व्यक्ति बरू कोही आतंककारीको मतियार हुनसक्छन् । यस्ता देशद्रोही, शान्ति प्रक्रिया विरोधी र नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठाविपरीत क्रियाकलाप गर्ने व्यक्तिको सम्बन्धमा सरकारले छानविन गरी आवश्यक दण्ड दिने प्रबन्ध हुनुपर्दछ । यो प्रचण्डमाथिको व्यक्तिगत हमला किमार्थ होइन ।’’

अध्यक्ष प्रचण्ड अमेरिका प्रस्थान गरेपछि त्यहाँ अध्ययनरत भनिएका तिलक श्रेष्ठले अमेरिकी सरकारलाई गुहारेर ‘हवाई उजुरी’ गरेका थिए । त्यहाँको अनुसन्धान व्यूरोका नाममा ‘आतंककारीले अमेरिका भ्रमण गर्न थालेको’ भन्दै आफूलाई उजुरी कहाँ गर्ने भन्ने थाहा नभएको र सम्बन्धित निकायमा पठाइदिन पनि आग्रह गरेका छन् । यता अमेरिकाले भने अध्यक्ष प्रचण्डलाई ‘नो इन्भेष्टिगेशन सर्कुलर’ जारी गरेको छ ।

तिलक श्रेष्ठले गरेको उजुरी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार