रोल्पाका मेयर नै ‘खेलाडी हौं हामी खेलाडी’ भन्दै मैदानमा उत्रिएपछि…

  पहिलोपेज

 605 पटक हेरिएको

काठमाडौं, ५ चैत । रोल्पा नगरपालिकाका मेयर नै ‘खेलाडी हौं हामी खेलाडी’ भन्दै मैदानमा उत्रिएका छन् । यद्यपि उनी भौतिकरुपमा भने त्यसरी मैदानमा उत्रिएका होइनन् ।

साहित्यकार तथा गीतकार समेत रहेका रोल्पा नगरपालिकाका मेयर पूर्ण केसी अर्थात पुरण क्षेत्रीको खेलाडी गीत ‘खेलाडी हौं हामी खेलाडी’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । गायक मोहित श्रेष्ठ र सागर अविरल जीसी तथा गायिकाहरु प्रगति महरा र निर्मला घिसिङको स्वर रहेको खेलाडी गीतको म्यूजिक भिडियो आजै युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

दिपिन थापाको नृत्य निर्देशन रहेको भिडियोको क्यामेरा कोरियोग्राफी, क्यामेरा र सम्पादन भीम कुमाखीले गरेका छन् । तीन वर्षअघि रेकर्ड गरिएको उक्त खेलाडी गीतको एरेञ्ज कृष्ण पुनले गरेका थिए भने अक्सिजन मिडिया प्रालिले अडियो सार्वजनिक गरेको थियो ।

गायक तथा संगीतकार मोहित श्रेष्ठको संगीत रहेको उक्त म्यूजिक भिडियोमा सुनछहरी कला केन्द्रका कलाकारहरुको नृत्य रहेको छ । हाल रोल्पा नगरपालिकाका मेयर समेत रहेका गीतकार क्षेत्रीले जलजलाको नूतन सन्देश (२०६३) र देशले उत्साह खोजिरहेछ (२०७३) कविता संग्रह पनि प्रकाशन गरिसकेका छन् ।

हेर्नुस् खेलाडी गीतको भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार