यी हुन् २०७६ सालमा देशैभरि दिइने १५ सार्वजनिक विदाका दिन

  पहिलोपेज

 333 पटक हेरिएको

काठमाडौं, १ चैत । सरकारले २०७६ सालका लागि देशैभरि दिइने १५ सार्वजनिक विदा तय गरेको छ । गृहमन्त्रालयले शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी देशैभरि विदा हुने गरी वर्षभर जम्मा १५ दिनमात्र सार्वजनिक विदा दिने जनाएको हो ।

राजपत्रका अनुसार बैशाख महिनामा २ दिन सार्वजनिक विदा परेका छन् । नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार देशभर सार्वजनिक विदा दिइएको छ ।

त्यसैगरी जेठ महिनामा १ दिनमात्र परेको सार्वजनिक विदा पनि शनिबार परेको छ । असार, साउन र भदौ महिनामा १ दिन पनि सार्वजनिक विदा परेका छैनन् । असोज ३ गते शुक्रबार संविधान दिवसको सार्वजनिक विदा दिइएको छ । त्यस्तै, असोजमा १८ गते शनिबारदेखि २२ गते बुधबारसम्म अर्थात फूलपातीदेखि एकादशीसम्म ५ दिन दशैंको सार्वजनिक बिदा दिइएको छ ।

कार्तिकमा भने तिहारका लागि ३ दिन सार्वजनिक बिदा दिइएको छ । कार्तिक १० गते आइतबारदेखि १२ गते मंगलबारसम्म अर्थात लक्ष्मीपूजादेखि भाइटीकासम्म ३ दिन सार्वजनिक विदा दिइएको छ ।

मंसिर, पुस र माघ महिनामा देशभर लागू हुनेगरी कुनै पनि सार्वजनिक विदा परेका छैनन् । फागुन महिनामा ९ गते शुक्रबार महाशिवरात्रि र फागुन २५ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवसमा सार्वजनिक विदा दिइएको छ । त्यस्तै फागू पूर्णिमाका दिन फागुन २६ गते सोमवार पहाडी र भित्री मधेसका ५८ जिल्लामा र बाँकी जिल्लामा फागुन २७ गते मंगलबार सार्वजनिक विदा दिइएको छ । चैत महिनामा भने कुनै पनि सार्वजनिक विदा परेको छैन ।

यसैगरी महिला कर्मचारीहरुलाई भदौ १६ गते सोमबार तीजका दिन सार्वजनिक विदा दिइएको छ । जितिया पर्व मनाउने मधेसका महिला कर्मचारीले भने असोज ५ गते आइतबार पनि२०७६ मा धर्म, संस्कृति र भौगोलिक क्षेत्रअनुसारका यस्ता सार्वजनिक विदा
काठमाडौं, १ चैत । सरकारले धर्म, संस्कृति, भौगोलिक क्षेत्र, स्थान विशेषका लागि पनि छुट्टै सार्वजनिक विदा दिएको छ । गृहमन्त्रालयले शुक्रवार राजपत्रमा सूचना प्रकाशित गरी यस्ता विदाको जानकारी गराएको हो ।

देशैभर दिइने वर्षभरका १५ दिनको सार्वजनिक बिदाबाहेक धर्म, संस्कृति र भौगोलिक क्षेत्रअनुसारका विदामा काठमाडौं उपत्यकामा ४ वटा जात्राको दिन विदा दिइएको छ । जसअनुसार साउन ३१ गते शुक्रवार गाईजात्रा, भदौ २७ गते शुक्रबार इन्द्रजात्रा, चैत ११ गते मंगलबार घोडेजात्रा र मत्येन्द्रनाथको भोटो देखाउने जात्राको दिन विदा दिइएको छ ।

यसैगरी कार्तिक २५ गते सोमबार फाल्गुनन्द जयन्तीमा किराँत धर्मावलम्बीलाई र कार्तिक २६ गते मंगलबार गुरुनानक जयन्तीमा नेपाली शिख धर्मावलम्बीलाई विदा दिइएको छ । किरात, राई, याख्या, सुनुवार, लिम्बु जातिले उभौली पर्व– चण्डी पूर्णिमा (बैशाख पूर्णिमा)का दिन जेठ ४ गते शनिबार विदा पाउने छन् । किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही– ज्यापु दिवस (मंसिर पूर्णिमा, धान्य पूर्णिमा) का दिन मंसिर २६ गते बिहीबार उनीहरुलाई सार्वजनकि विदा दिइएको छ ।

सुदूरपश्चिम क्षेत्रमा गौरा पर्वका दिन भदौ ६ गते शुक्रबार विदा हुनेछ । मधेसमा कार्तिक १६ गते शनिबार छठ पर्वको विदा हुनेछ । इस्लाम धर्मावलम्बीहरुले इद (इदुल फित्र) र इदुल (इदुल जोहा)का दिन बिदा पाउने छन् । इसाई धर्मावलम्बीलाई क्रिसमस डेमा पुस ९ गते बुधबार विदा हुनेछ ।

गुरुङ समुदायले तमु ल्होसारमा पुस १५ गते मंगलबार बिदा पाउने छन् । माघे संक्रान्तिमा माघ १ गते बुधबार थारु, मगर, छन्त्याल जातिलाई विदा दिइएको छ । तामाङ समुदायले माघ ११ गते शनिबार सोनम ल्होसारमा विदा पाउनेछन् ।

हिमाली आदिवासी शेर्पाहरुले ग्याल्बो ल्होसारको दिन फागुन १२ गते सोमबार विदा पाउनेछन् । त्यस्तै झापा, मोरङ सुनसरी, सिराहा, सप्तरी जिल्लाहरुमा सिरुवा पावनी पर्व मनाइने दिन विदा दिइएको छ ।

विदा पाउनेछन् । त्यस्तै अपांगता भएका कर्मचारीलाई मंसिर १७ गते मंगलबार अन्तर्राष्ट्रिय अपांगता दिवसमा विदा दिइएको छ । शिक्षण संस्थाहरुमा माघ १६ गते विहीबार श्रीपञ्चमीको दिन पनि विदा दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार