आठौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमबाट करातेका खेलाडी छनौट

  पहिलोपेज

 362 पटक हेरिएको

काठमाडौं, २९ फागुन । नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमबाट करातेका खेलाडी छनौट गरिएको छ । करातेका विभिन्न विधामा १३ जना पुरुष र महिला खेलाडीहरु राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका हुन् ।

करातेको कुमुते (फाइट)तर्फ पुरुषमा ५५ किलोमा कमल वली, ६० किलोमा जगतसिंह धानुक, ६७ किलोमा दिनेशराज पनेरु, ७५ किलोमा लोकेश पार्की र ८४ किलोभन्दा माथि सागर शाही छनौट भएका छन् ।

यस्तै सोही विधाको महिलामा ४५ किलोमा बर्षा साउद, ५० किलोमा पुष्पा मडै र ६८ किलोमा शर्मिला घर्तीमगर छनौट भएका छन् । यस्तै कराँतेको एकल कातामा पुरुषतर्फ ललित खत्री र महिलातर्फ बर्षा साउद छनौट भएका छन् । यस्तै करातेको टिम कातामा शेरबहादुर धानुक, धर्मेन्द्र रेग्मी र जगतसिह धानुक छनौट भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार