भक्तपुरमा यो वर्षमात्रै ५० करोडमा गाउँगाउँमा पक्की सडक पुग्दैछ : महेश बस्नेत

  पहिलोपेज

 329 पटक हेरिएको

भक्तपुर, २३ फागुन । प्रतिनिधिसभाका सांसद एवं पूर्व उद्योग मन्त्री महेश बस्नेतले भक्तपुर अब भ्रष्टाचारमुक्त जिल्ला बन्ने बताएका छन् । क्रियाशील पत्रकार मञ्च भक्तपुरले काठमाडौंको शंखरापुरमा आयोजना गरेको ‘नगरपालिका, समाचारका विषय र सञ्चारकर्मी’ विषयक दुईदिने अन्तरक्रिया कार्यक्रममा सांसद बस्नेतले यस्तो धारणा राखेका हुन् ।

सांसद बस्नेतले भक्तपुरलाई सुशासनयुक्त र भ्रष्टाचारमुक्त जिल्ला बनाउने अभियान सुरु भएको बताए । उनले भ्रष्टाचारीलाई भक्तपुरमा छुट नहुने दृढता पनि व्यक्त गरे ।

पूर्वमन्त्ती एवं सांसद बस्नेतले विकासका लागि केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय हुनपर्ने आवश्यकता औंल्याए । उनले जनप्रतिनिधि आएपछि भक्तपुरको विकास तीब्रगतिमा अगाडि बढेको दावी पनि गरे । उनले थपे, ‘‘भक्तपुरको विकास तीब्रगतिमा भएको छ । यस वर्षमात्रै सडकका लागि ५० करोड रुपैयाँ बजेट ल्याएर सडक निर्माणको काम भइरहेको छ । गाउँ गाउँमा पक्की सडक पुग्दैछ । भक्तपुरमा यस वर्षमात्रै २५ किलोमिटर सडक बन्दैछ ।’’

हनुमन्ते करिडोर ६ किलोमिटर निर्माण सुरु भएको जानकारी दिँदै सांसद बस्नेतले आगामी वर्षसम्म करिडोर निर्माण कार्य सम्पन्न हुने जानकारी दिए । पेप्सीकोला सल्लाघारी सडक, अरनिको राजमार्गको भक्तपुर प्रवेशको जडिबुटी र मध्यपुर ठिमीको हनुमन्ते पुलसम्म गेटसहितको पुल बन्ने उल्लेख गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार