लौ आयो ‘‘ब्रेक अप’’को यस्तो रोमाञ्चक दृश्यसहितको ट्रेलर (भिडियोसहित)

  पहिलोपेज

 895 पटक हेरिएको

काठमाडौं, ८ माघ । नेपाली कथानक चलचित्र ‘ब्रेक अप’ को रोमाञ्चक दृश्यसहितको ट्रेलर रिलिज गरिएको छ । ‘ब्रेक अप’को ट्रेलर सार्वजनिक भएको १ दिनभित्रै युट्युब च्यानलमा ट्रेण्डिङको १०औं स्थान चुम्न सफल भइसकेको छ ।

चर्चित तथा कुशल निर्देशक हेमराज बीसीले निर्देशन गरेको चलचित्र ‘ब्रेक अप’ को ट्रेलरमा प्रेम र रोमान्सलाई प्राथमिकता दिइएको छ । आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, सरोज खनाल, इच्छा कार्की लगायतका कलाकारहरुको ‘ब्रेक अप’मा मुख्य भूमिका देख्न सकिन्छ ।

आगामी फागुन १७ गते प्रदर्शन मिति तय गरिएको ‘ब्रेक अप’ विदेशमा रहेका नेपाली युवायुवतीको प्रेमकथामा केन्द्रित रहेको निर्मातामध्यका एक रुपक थापाले बताए । निर्माता थापाका अनुसार विदेशमा रहेका नेपाली युवायुवतीहरुको प्रेमकथामा आधारित भएकाले यसको छायाङ्कन पनि अष्ट्रेलियामा गरिएको हो ।

‘ब्रेक अप’का निर्माताहरुमा रुपक थापा, दीपक खतिवडा, रेणु राना र हेमराज बीसी रहेका छन् । विशेष पाण्डेको संगीत रहेको ‘ब्रेक अप’को गीतकार प्रकाश मल्ल हुन् । चलचित्रको सम्पादन सुरेन्द्र पौडेलले गरेका छन् ।

हेर्नुहोस् ‘ब्रेक अप’को ट्रेलर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार