शिवनगर टोल विकास संस्थाको अध्यक्षमा अर्याल

  पहिलोपेज

 583 पटक हेरिएको

दाङ, ८ माघ । शिवनगर टोल विकास संस्था तुलसीपुर ७ शिवनगरको अध्यक्षमा किशोर अर्याल चयन भएका छन् । संस्थाको आठौँ साधारण सभा तथा चौथो अधिवेशनले उनलाई अध्यक्षमा चयन गरेको हो ।

नयाँ कार्यसमितिमा उपाध्यक्ष जानका गैरे, सचिव टीकाराम केसी, कोषाध्यक्ष सीमा बुढाथोकी रहेका छन् । त्यस्तै, सदस्यहरुमा कालु बादी, हिमाल भण्डारी, शारदा चलाउने र राधा केसी रहेका छन् ।

टोलका अध्यक्ष ईश्वरीप्रसाद गैरेको अध्यक्षतामा सम्पन्न चौथो अधिवेशन भर्खरै सम्पन्न भएको थियो । तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का सदस्य रामबहादुर जीसीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो । प्रमुख अतिथिको आसनबाट मन्तव्य व्यक्त गर्दै टोललाई वडाबाट विकास निर्माण कार्यमा सक्दो सहयोग गर्ने प्रतिवद्धता गरे ।

विशिष्ट अतिथि आनन्दनगर टोल विकास संस्थाका अध्यक्ष ईश्वरीबहादुर सुनारले आफूले शिवनगर टोलबाट धेरै कुरा सिक्ने अवसर पाएको उल्लेख गरे । कार्यक्रममा स्वागत मन्तव्य हुमबहादुर केसीले व्यक्त गरेका थिए ।

त्यसैगरी कोषाध्यक्ष खिमलाल जैसीले समसामयिक सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा मनकुमारी रावत, प्रेम चन्द गैरे, मानबहादुर केसी, प्रकाश थापा, ढुण्डीराज खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस अवसरमा जेष्ठ नागरिक ९० वर्षीया सुशीला तिवारी, ७५ वर्षीया ढुण्डीराज खनाललाई र उत्कृष्ट सक्रियताका लागि युवा शिव गौतमलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रम लक्ष्मण तिवारीले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार