तेस्रोलिङ्गी भूमिका श्रेष्ठको किताब ‘भूमिका’ बजारमा

  पहिलोपेज

 1307 पटक हेरिएको

काठमाडौं, २७ पुस । तेस्रोलिङ्गीको पहिलो आत्मकथा राजधानीको कुञ्ज थिएटरमा आज लोकार्पण भएको छ । भूमिका श्रेष्ठको आत्मकथा ‘भूमिका’ एक समारोहबीच कलाकार रमेश उप्रेती, नायिका रेखा थापा, पूर्व मिस नेपाल माल्भिका सुब्बाले विमोचन गरेका हुन् ।

कार्यक्रममा बोल्दै लेखन कुञ्जका अध्यक्ष कमल ढकालले हरेक मान्छेलाई किताबमा बदल्ने अभियानको पछिल्लो कडीको रुपमा भूमिका श्रेष्ठको आत्मकथा आएको बताए । उनले तेस्रोलिङ्गीलाई बुुझने माध्यमको रुपमा यो किताब माइलस्टोन हुनेमा आशा व्यक्त गरे ।

कार्यक्रममा नीलहिरा समाजकी अध्यक्ष पिङ्की गुरुङले नेपालमा आफूहरुलाई अझै अपहेलित र तल्लो दर्जाको रुपमा हेरिएकोमा रोष ब्यक्त गर्दै यो किताबका माध्यमबाट त्यो कुरा चिरिने बताइन् । समीक्षात्मक टिप्पणी व्यक्त गर्दै साहित्यकार तथा पत्रकार अश्विनी कोइरालाले पुस्तकले धर्मका कुरादेखि विकास र साहित्यमा जोडेकोमा खुशी ब्यक्त गरे । उनले पुुस्तकको सफलताको शुुभकामना ब्यक्त पनि गरे ।

कलाकार रेखा थापाले भूमिकालाई आफूले पहिलेदेखि चिनेको तर आज किताबको रुपमा र लेखिकाको रुपमा चिन्न पाउदा गर्व लागेको बताइन् । स्टेजमा रहेकी भूमिकाको आमालाई देखाउँदै आमाले छोरी जन्माएको तर ऊ हिरो भएको बताइन् ।

कलाकार रमेश उप्रेतीले किताबले मानवीय जनजीवनको महत्वपूर्ण पाटो समेटेको बताए । लेखक भूमिकाले आफूहरुलाई छोरीको रुपमा हेर्न सामूुहिक आग्रह गर्दै आफू छोरी भएकोमा गर्व लागेको बताइन् । पूर्व मिस नेपाल माल्भिका सुुब्बाले भूमिकाले भूमिकाको रुपमा नागरिकता पाएको दिन अझ खुशी लाग्ने बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार