अमेरिकाको ओहियोमा कृति विमोचन तथा साहित्यिक कार्यक्रम

  पहिलोपेज

 352 पटक हेरिएको

अमेरिका, २६ पुस । अमेरिकाको ओहियोमा उपन्यास ‘छाप्रो नम्बर ५५’ को समीक्षा तथा गीतिएल्बम ‘पीडा’को विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

मातृभाषा संरक्षण समूह र साहित्य परिषद भुटानको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा स्रष्टा रमेश दियालीको उपन्यास ‘छाप्रो नम्बर ५५’ को समीक्षा स्रष्टा प्रतिमान सिवाले गरेका थिए । निल अधिकारी तथा धर्मेन्द्र तिम्सिना ‘क्षितिज’ले सञ्चालन गरेको उक्त कार्यक्रमा लामो समयदेखि छुट्टाछुट्टै संस्थाको रुपमा कार्य गर्दै आइरहेका संस्थाहरु जीबीएलओ तथा साहित्य परिषद भूटान अब मिल्नुको विकल्प नरहेको जीवीएलओका कर्ण गुरुङले बताए ।

कार्यक्रममा मातृभाषा संरक्षण समूहको बारेमा स्रष्टा धर्मेन्द्र तिम्सिना ‘क्षितिज’ तथा साहित्य परिषद भुटानको बारेमा स्रष्टा गंगा लामिटारेले मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी सोही कार्यक्रममा गीतकार भीम अधिकारी ‘कश्यप’को एकल शब्द र सुशील विश्वकर्माको एकल संगीतमा रहेको गीतिएल्बम ‘पीडा’को विमोचन पनि गरिएको थियो ।

कर्ण गुरुङको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा स्रष्टाहरूले रचना वाचन समेत गरेका थिए । कार्यक्रममा विभिन्न राज्यबाट ५० जनाभन्दा धेरै स्रष्टाहरुको उपस्थिति रहेको थियो । रन खड्काले अतिथिहरुलाईलाई स्वागत गरेका थिए । कार्यक्रममा सानी नानी सोफिया अधिकारीले नेपाली लिपिमा लेखेको गीत सुनाएर सबैलाई चकित पारेकी थिइन् । सभाध्यक्ष सुशील रेग्मीद्वारा कार्यक्रम अन्त्य भएको घोषणा गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार