यसरी परे धनुषा प्रहरीको फन्दामा १२ बोरा मरिचसहित ६ तस्कर

  निरंजन साह

 542 पटक हेरिएको

जनकपुरधाम, २६ पुस । प्रदेश नम्बर दुईको राजधानी जनकपुरमा अवैधरुपमा नेपालबाट भारततर्फ मरिच तस्करी गर्ने ६ जनालार्य प्रहरीले पक्राउ गरेको छ ।

बुधवार राति ६ वटा मोटरसाइकलबाट तस्करी गरिरहेको बेला १२ बोरा मरिचसहित धनुषाको नगराइन नगरपालिका वडा नम्बर ६ स्थित लगमा टोलबाट तस्करहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष प्रहरी टोलीले करिब ३ सय किलो मरिचसहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता दीपेन्द्र शाहीले बताए ।

पक्राउ पर्नेहरुमा नगराइन नगरपालिका वडा नम्बर १ का रजय यादव, लालु यादव, भारत मधुवनी घर भएका सुधीर यादव, मनिसकुमार महतो, राकेश महतो र सन्तोष राम रहेका छन् । प्रवक्ता शाहीका अनुसार बरामद गरिएका ६ वटा मोटरसाइकलसहित मरिच नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय पठाइएको छ ।

यसैबीच, भारतबाट भन्सार छलेर अवैधरुपमा नेपाल ल्याएका कपडा जनकपुरबाट प्रहरीले बरामद गरेका छ । बिहीवार अढाई बजे एक व्यक्तिले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको कपडा पुलिसलाई देख्नासाथ छोडेर फरार भएको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको टोलीलाई जनकपुरधामको शिवचोक सडकमा पुलिसलाई देख्नासाथ ज ९ प ६६४९ नम्बरको मोटरसाइकल समेत छोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बरामद भएको बच्चाको जिन्स पेन्ट १७४ पीस, बच्चाको पेन्टी १०६८ पीस र लेडीज सल १० पीस भएको पोकासहित मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरी उपरीक्षक गोविन्द थापाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार