काठमाडौंमा गाउँपालिकास्तरीय फुटबल प्रतियोगिता शुरु

  विष्णु फडेरा

 345 पटक हेरिएको

काठमाडौ, २५ पुस । गाउँपालिकास्तरीय फुटबल खेल काठमाडौमा सूरु भएको छ । बुधवार काठमाडौको मूलपानीमा तीनदिने फुटबल प्रतियोगिता शुरु भएको हो ।

‘हाम्रो सपना समृद्ध खार्पुनाथः हाम्रो चाहना’ भन्ने मूल नाराका साथ खार्पुनाथ गाउँपालिकाले खेलको आयोजना गरेको हो । माघ २५ देखि २७ गतेसम्म सञ्चालन हुने खेलको हुम्ला प्रदेश ‘क’ का प्रदेशसभा सांसद जीवनबहादुर शाहीले उदघाटन गरेका थिए ।

मुख्य अतिथि शाहीले हुम्लीहरु कुनै क्षेत्रमा कम नहुने बताउँदै मैदानमा बल खेलेर उदघाटन गरेका थिए । आज भएको पहिलो खेल आयोजक खार्पुनाथ युवा क्लव ‘बी’ र गोठीबीच भएको थियो । उक्त खेलमा आयोजकलाई गोठीले ४ गोल अन्तरले हराएको थियो ।

त्यस्तै दोस्रो खेल आयोजक ‘ए’ र लाली टिमबीच भएको थियो । दोस्रो खेलमा पनि आयोजकलाई लालीले २ गोल गरेर हराएको थियो । त्यस्तै बुधवार भएको तेस्रो तथा अन्तिम खेल सर्किदेउ र छिर्पा बीच भएको थियो । उक्त खेल बराबरीमा रोकिएको थियो । र, दुईवटै टिमलाइए अंक बराबर बाँडिने आयोजकले बताएको छ ।

तीन दिनसम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा आयोजकका दुईवटासहित सर्किदेउ, गोठी, राया, लाली, सिमिकोट, ठेहे, छिप्रा लगायत ९ वटा टिमको सहभागिता रहेको आयोजक ओबी शाहीले बताए । उनका अनुसार खेल लिग कम नकाउट चरणमा हुने अर्थात प्रत्येक टिमले तीन टिमसँग खेल्ने र खेल हारे आउट हुने बताए ।

जिल्लावासीहरु एक हुन र भाइचाराको सम्बन्ध बिस्तार गर्न आयोजना गरिएको खेलमा पहिलो हुनेले २५ हजार नगद तथा मेडल, प्रमाणपत्र पाउने छन् । दोस्रो हुनेले १५ हजार नगद, मेडल, प्रमाणपत्र र तेस्रो हुनेले १० हजार सहित प्रमाणपत्र मात्र पाउने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार