गल्ली गल्लीमा पसल नराख्न नगरप्रमुख पाण्डेको आग्रह

  पहिलोपेज

 367 पटक हेरिएको

तुलसीपुर, २२ पुस । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जथाभावी गल्ली गल्लीमा राखिएका बजार तत्काल हटाइने बताएका छन् । उपमहानगरपालिकाले तरकारी तथा फलफूल बजार निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै नगरप्रमुख पाण्डेले आफूलाई मन लागेको ठाउँमा कसैले पनि पसल थाप्न नपाउँने बताए ।

“बजारलाई सुन्दर र व्यवस्थित बनाउनु सबै नागरिकको दायित्व हो”, नगर प्रमुख पाण्डेले भने । उनले बजारमा नियम विपरीत ठेलामा व्यवसाय गरिरहेको बताउँदै व्यवस्थित ढङ्गले त्यसको नियमन गरिरहेको बताए ।

उपमहानगरपालिकामा तरकारी तथा फलफूल व्यवसायीले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेले सडक ओगटेर कसैले पनि व्यवसाय गर्न नपाउने कुरामा जोड दिए । उनले तरकारीमा बिचौलियाको प्रवेशलाई रोक्न आवश्यक रहेको बताउँदै किसानको उत्पादन प्रत्यक्षरुपमा व्यापारीहरुले किन्ने वातावरण निर्माणका लागि तुलसीपुरमा फलफूल तथा तरकारी बजार निर्माण गर्न लागेको बताए ।

वडा नम्वर ५ का वडाध्यक्ष वीरेन्द्र शाहले अटेर गर्नेहरुलाई कारवाही गरेर भएपनि बजार व्यवस्थापन गरिने बताए । कार्यक्रममा बोल्दै तरकारी व्यापारी झुपलाल खड्काले किराना पसलमा पनि तरकारी बेचिने गरेको बताउँदै तरकारी बिक्रीका लागि निश्चित ठाउँ बनाउनुपर्नेमा जोड दिए । अर्का व्यवसायी माधव घिमिरेले किसानहरुलाई तरकारी बेच्नका लािग निश्चित ठाउँ वनाउनुपर्ने कुरा बताए । किसान दोलखबहादुर खत्रीले भारतको तरकारीका कारण स्थानीय किसानहरु मर्कामा परेको बताउँदै तरकारी गुणस्तर जाँच हुनुपर्ने कुरामा जोड दिए । उनले स्थानीय तरकारी खपत नहुँदासम्म बाहिरको तरकारी भित्रन नदिने वातावरण निर्माणका लागि उपमहानगरपालिकालाई आग्रह गरे ।

अर्का किसान नवराज रावतले बिचौलियाका कारण आपुूहरु मर्कामा परेको बताए । तरकारीको मूल्य निर्धारण गर्दा लागत मूल्यलाई ख्याल गर्नुपर्ने उनको भनाई थियो ।

यसैबीच तरकारी तथा फलफूल बजार व्यवस्थापनका लागि कार्यविधि बनाउनका लागि उपभोक्ता तथा हित संरक्षण शाखा प्रमुख नारायण रेग्मीको संयोजकत्वमा किसान, व्यवसायी रहेको समिति समेत बनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार