पूर्वमन्त्री रेखा शर्माले किन गरिन् उपकूलपतिलाई यस्तो आग्रह ?

  पहिलोपेज

 636 पटक हेरिएको

काठमाडौं, १७ पुस । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रेखा शर्माले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको सेवामा शुल्कवृद्धिप्रति कडा आपत्ति जनाएकी छन् । पूर्व सामान्य प्रशासन मन्त्री तथा सांसद शर्माले प्रतिष्ठानले बृद्धि गरेको सेवाशुल्क तत्काल फिर्ता लिन प्रतिष्ठानकी उपकुलपतिलाई आग्रह गरेकी छन् ।

उपकुलपति संगीता भण्डारीले आफुखुशी सेवा शुल्कमा बृद्धि गरेपछि प्रतिष्ठान झन विवादित बनेको छ । दाङको राप्ती उपक्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पार्टी अध्यक्ष प्रचण्ड, सभामुख कृष्णबहादुर महरादेखि तल्लो तहका स्थानीय स्तरका नेताहरुसँग समेत लिबिङ गर्नुका साथै त्यसका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकी पूर्वमन्त्री शर्माले आफूखुशी सेवा शुल्क वृद्धि गर्न नहुने भन्दै शुल्कवृद्धि फिर्ता लिन आग्रह गरेकी हुन् ।

संविधानले जनताको आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरेको भन्दै संविधानभन्दा बाहिर जाने कुरा आफूलाई मान्य नहुने बताइन् । जनताको स्वास्थ्यमाथि कसैलाई खेलवाड गर्ने अधिकार नभएको भन्दै शर्माले त्यो कुरा बुझन उपकुलपति भण्डारीलाई चेतावनी समेत दिइन् । ‘‘जनताको लागि बरदान होस् भन्ने उद्देश्यले ल्याएको प्रतिष्ठान अहिले अभिसाप बन्छ कि भन्ने चिन्ता छ’’, उनले भनिन्, ‘‘कानुनभन्दा माथि जाने अधिकार कसैलाई छैन । केही समस्या भए छलफलबाट समाधान गर्नुपर्छ ।’’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार